विराटनगर, भाद्र ११ गते । पछिल्लो २४ घण्टामा नेपाल अधिराज्य भरी १ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टी भएको छ ।
मूलुक भरका प्रयोगशालामा १२ हजार ६ सय २९ नमुना परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । उनीहरुमध्ये १ सय ८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनालाई जिति सकेका छन् । पछिल्लो २४ घण्टामा ५ सय ६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]