विराटनगर, चैत १ गते । लागू आैषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेका छन ।
मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ बस्ने अन्दाजी ३० बर्षिया सुनिता राईको घरमा लागू औषध बिक्री बितरण भई रहेको भन्ने बिशेष सूचनाको आधारमा लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित सुनिता राईलाई बुधवार पक्राउ गरिएको थियो ।
त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले राईकाे घर खानतलासी गर्ने क्रममा १० ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ, ३.५ केजी अवैध लागू औषध गाँजा र नेपाली नगद ५ लाख ३८ हजार २ सय ५०, डिजिटल तराजु २ थान र विभिन्न कम्पनीको मोवाईल २ थान समेत बरामद गरिएको थियोे ।
साेही दिन मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ३ गछिया स्थितमा सोही स्थान बस्ने २३ बर्षिय प्रज्वल सुवेदी र सोही स्थान बस्ने २० बर्षिय आशिष ठाकुरले आफ्नो पाईन्टको गोजीमा फेनारग १० थान, डाईजेपाम १० थान, एभिल १० थान र लुपिजेसिक १० थान सहित पैदल हिडि रहेको अवस्थामा पक्राउ गरिएको थियो ।
त्यसैगरी सुन्दरहरैचा नगरपालिका-५ बलिया स्थितमा सोही स्थान बस्ने २४ बर्षिय संगम आचार्यलाई प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले १० थान डाईजेल्याव, ४ थान लुपिजेसिक र २ थान एभिल सहित पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा दिन ४ (चार) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]