विराटनगर, फागुन २१ गते । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, विराटनगरले सदाझै यस वर्ष पनिे महाशिवरात्री पर्वको भव्य रुपमा मनाउने तयारी गरेको छ ।
सेवा केन्द्र, विराटनगरमा पत्रकार सम्मेलन गरी कोशी प्रदेश सेवा केन्द्र प्रमुख गिता दिदीले महाशिवरात्रीको अवसरमा विभन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने वताईन ।
महाशिवरात्री पर्वलाई भव्य बनाउनका लागि फागुन १० गते देखि २० गते सम्म विराटनगर महानगर पालिकाको १९ वटा वडाको ४० स्थानमा शिव संदेश मूलक कार्यक्रमहरु सम्पन्न गरेका छन् । जसमा झाँकी, नाटक र आध्यात्मिक चित्र प्रदर्शनी, र नृत्य कार्यक्रम रहेको थियो ।


त्यसैगरी फागुन २२ गते विराटनगरको संसारीमाई स्थानमा रक्तदान कार्यक्रम, २३ गते शिव संदेश, महाशिवरात्रीको महत्व खुल्ने गरि प्रभात फेरी, फागुन २४ गते बेलुकी मोटर साईकल ¥याली, फागुन २५ गते मुख्य शिव मन्दिरहरुमा शिव संदेश सहित शिवरात्रीको महत्व तथा ईश्वरीय ज्ञान र शान्ति पद यात्रा कार्यक्रम रहने गिता दिदीले वताए ।
महाशिवरात्री अर्थात २६ गते महाशिवरात्री तथा सम्मान समारोहमा संस्कृतिक नृत्य, तथा आध्यात्मिक प्रवचनका साथै उत्प्रेरक रहने छ ।
सेवा केन्द्र एउटा अन्तराष्ट्रिय संस्था हो जसले मानव जीवनमा सकारात्मक परिवर्तनको लाग मानविय मुल्य तथा मानवताको विकास गर्दै आएको छ । यस वर्षका नारा सरात्मक परिवर्तन वर्ष रहको गिता दिदीले वताईन । केन्द्रले गरिने सबै कार्यक्रममा सक्रिय सहभागिता जनाई कार्यक्रम सफल पारी दिनुहुन सम्पूर्ण मानुभावहरुमा हार्दिक आग्रह समेत गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]