धनकुटा, फागुन १४ गते । धनकुटा नगर क्षेत्रमा व्यवसाय दर्ता, नवीकरणसहित व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै उपलब्घ गराउने भएको छ । नगरपालिकाले वडालाई अधिकार प्रत्यायोजन गरेर व्यवसाय सम्बन्धी सम्पूर्ण काम वडा कार्यालयबाटै हुने व्यवस्था मिलाएको हो ।
यसअघि व्यवसाय दर्ता, नवीकरण, नामसारी, कारोबार थप, लगत कट्टा, व्यवसाय तथा बहाल कर दाखिला लगायतका लागि नगरपालिका कार्यालय नै पुग्नुपर्ने बाध्यता थियो । तर, अब व्यवसायसँग सम्बन्धी सम्पूर्ण काम वडाबाटै हुने गरी अधिकार प्रत्यायोजन गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए ।
व्यवसायीहरूलाई सजिलो बनाउँन हामीले वडालाई अधिकार प्रत्यायोजन गरेका छौं, व्यवसायसँग सम्बन्धी कामका लागि अब नगरपालिका आइरहनु पर्दैन, वडाबाटै सबै काम हुन्छ,’ नगर प्रमुख तामाङले भने, ‘यसले व्यवसायीहरूलाई निकै सहज हुनेछ ।’
व्यवसाय दर्ताका लागि यसअघि वडा कार्यालयले सर्जमिन मुचुल्का गरेर नगरपालिकालाई सिफारिसको काम मात्र गर्दै आएको थियो । नगर कार्यपालिकाको निर्णयपछि व्यवसाय दर्ता, नवीकरणसहित व्यवसायसँग सम्बन्धित सबै काम वडाबाटै गर्न थालिएको धनकुटा–४ का वडाध्यक्ष जम्सेर छाराले जानकारी दिए । सेवा सुरु गर्नुअघि १० वटै वडाका कर्मचारीलाई प्रशिक्षण दिइएको छ ।
धनकुटा नगरपालिकाका राजश्व अधिकृत राजु गुरागाईँका अनुसार नगरमा करिब तीन हजार व्यवसाय दर्ता छन् । वार्षिक करिब दुई सय नयाँ व्यवसाय दर्ता हुने गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]