विराटनगर, फागुन १३ गते । एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसार पसार गर्ने एक जनालाई धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट प्रहरीले शनिवार पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा बिराटनगर महानगरपलिका–८ का ४८ बर्षीय जयदेव चेल रहेका छन् । एम्बुलेन्समा गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा लागुऔषध गाँजा बरामद भएको थियो ।
उक्त एम्बुलेन्स भित्र लुकाई छिपाई राखेको ५२ केजी गाँजा बरामद भए संगै चालक चेललाई पक्राउ गरिएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]