विराटनगर, फागुन ११ गते । दादुरा रुवेला रोग निवारण गर्ने उदेश्यले संचालन हुने राष्ट्रय व्यापी खोप अभियान आन्तर्गत कोशी प्रदेशमा फागुन १३ गते देखि चैत ३ गते सम्म दादुरा रुवेला खोप अभियन संचालन हुने भएको छ ।
दादुरा रुवेला खोप अभियानको खोप समन्वय समिति पदाधिकारी, संचारकर्मीहरु तथा सरोकारवालाहरुसंग विराटनगरमा भएको अभिमुखिकरण कार्यक्रममा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतले सो कुरा जानकारी गराएको हो ।
दादुरा रुवेला खोप अभियान अन्तर्गत फागुन १३ गते कोशी प्रदेशका भोजपुर, तेहृथुम, मोरङ र उदयपुरमा जिल्लामा शुभारम्भ हुने भएको छ । जस अनुसार मोरंग जिल्लाको विराटनगर महानगरपालिका–१५ स्थित जन विकास उच्च माध्यमिक विद्यालय रानीबाट अभियानको शुभारम्भ हुने भएको छ । अन्य १० जिल्लाले फागुन १६ देखि २७ गते सम्ममा अभियान शुरुगरि चैत ३ गते भित्रमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
अभियान अन्तर्गत कोशी प्रदेशका ९ महिना देखि १५ वर्ष सम्मका ८ लाख ९३ हजार ९३४ जनालाई खोप लगाइने भएको छ । कोशी प्रदेशमा ९ महिना देखि ५९ महिना सम्मको जनसङ्ख्या ३ लाख ६४ हजार ७०६ र ५ वर्ष देखि १५ वर्षको जनसङ्ख्या ५ लाख २९ हजार २२८ रहेको छ ।
खोप सञ्चालनका लागि प्रदेशभरका ८ हजार ३६६ खोप केन्द्रमा १२ हजार ६१८ स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ । विद्यालयलाई लक्षित गर्दै खोप केन्द्र सञ्चालनमा ल्याएका छन् । विद्यालय बाहिर रहेको बालबालिकाले पनि विद्यालयमा रहेको खोप केन्द्रमा खोप लगाउने व्यवस्था मिलाइको निर्देशक बस्नेतले जानकारी गराए ।
मोरङ र सुनसरी जिल्लामा ४२÷४२ गरी ८४ जनामा दादरा रुवेला देखिएको थियो । यो वर्ष मोरङको सनवर्सी नगरपालिका र जहदा गाउँपालिकामा दादुरा रुवेला देखिएको छ ।
नेपालले सन् २०१९ र पछि सन् २०२३ मा निवारणको लक्ष्य लिए पनि सम्भव नभएपछि सन् २०२६ सम्म दादुरा रुवेलालाई निर्मुल पर्ने लक्ष्य लिएको छ । सन् २०२२–२०२३ मा नेपालको धेरै जिल्लाहरूमा दादुरा रुबेलाका बिरामी देखा परि महामारी फैलिएपछि २०२६ मा निर्मुल पर्ने लक्ष्य लिएको हो । खोप अभियानलाई प्रभावकारी वनाउन सवै तहतपकाका व्यक्तिहरु सहभागी भई अभियानलाई सफल बनाई दिन निर्देशक बस्नेतले अपिल समेत गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]