राजेश कुमार राजवंशी
विराटनगर, फागुन ४ गते । राजवंशी समाज उत्थान केन्द्रीय समितिले फाल्गुन ६ गते गरिने १७ आैं बृहत भेलाकाे अवसरमा मोटरसाइकल र्याली प्रदर्शन गरेका छन् ।
विगत १६ वर्षदेखि गर्दै आशएकाे माेटर साइकल र्यालीलाई यश वर्ष पनि निरन्तरता दीएका छन् ।उक्त माेटरसाईकल र्याली विराटनगरको कन्चन्वारी देखि पोखरिया,शंकरपुर, गोग्राह, कोचाखाल, सरोचिया, पिछरा, मलहनुवा, दहरिया, बखरी, बलुवाही, जतुवा, कटकुप्पा, बुधनगर, हरिनगरा, हथिबन्धा, बभनटोलि , जयरामपुर, बनरखोकिया, कदमटोलि, आदर्शटोल, जिरात, खोरिया, महेसपुर परिक्रमा गरी राजवंशी चोकमा कोणसभा गरेको थियोे ।
कोणसभाको सम्बोधन गर्दै राजवंशी समाज उत्थान समिति केन्द्रीय उपाध्यक्ष प्रदीप विस्वास राजवंशीले विराट राजवंशीलाई आदिवासी जनजाति प्रतिष्ठानमा सुचिकृत गराउनको लागि सरकारलाई दवाव दिन १७ आै बृहत भेला आयाेजना गरेकाे वताए । रा.स.उ.स.केन्द्रीय अध्यक्ष भुवनेसश्वर मण्डल राजवंशीले हामी विराट राजवंशी विराटनगरको वरिपरि भएको हुनाले विराटनगरको प्रथम जातिको रूपमा विराट राजवंशीलाई घोषणा गर्न माग गरेका गर्दै विराट राजवंशीलाई आदिवासी जनजातिमा सुचिकृत नगरीए १७ आै बृहत भेला पछि आन्दोलन गर्ने बताए ।
बृहत भेलाको संयोजक काशीराम राजवंशीले फाल्गुन ६ गते लागि सम्पुर्ण काम छाेडेर बृहत भेलामा सहभागी हुन सम्पूर्ण विराट राजवंशी समुदायलाई आग्रह गरेका छन् ।
प्रचारप्रसार तथा सन्चार संयोजक राजेश कुमार राजवंशी आर्थिक संयोजक इन्द्रलाल राजवंशी मंच ब्यापस्थापन संयोजक पन्नालाल राजवंशीले लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए। मोटरसइकल संयोजक युवराज राजवंशीकाे अध्यक्षतामा कोण सभा सम्पन्न भएकाे थियोे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]