दिलीप अग्रवाल
रंगेली, माघ २५ गते । मोरङको रंगेली नगरपालिका वडा नंम्बर ७ कलीमन्दिर चोक स्थित मुख्य बजारबाट चाँदीको गहना सहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेकाे छ ।
आमबारी जाने बस को. १ ख ३२११ नवम्बर को यात्रु बसमा रंगेली नगरपालिका ५ धनापट्टी बोर्डरवाट एक जना भारत जिल्ला अररिया आम गाछि पञ्चायत वडा नं १३ बस्ने वर्ष २२ को मोहमद अल्ताफलाई गोप्य सूचना को आधारमा नियन्त्रणमा लिएको हो।
अल्ताफले सुनबर्षी नगरपालिका ५ भेडवाथान स्थित बसमा अवैध रुपमा चाँदी लुकाई छिपाई लागेको गोप्य सूचना को आधारमा शंका लागि इलाका प्रहरी कार्यालय रंगेलीवाट खटाइएको प्रहरी टोली लेचेक जाँच गर्ने क्रम मा अल्ताफले बोकेको झोलावाट चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान ,चाँदी को कलश ६ थान गरी २ के.जी ५४८ ग्राम चाँदी को सामान फेला परेको र थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक बुद्धिराम चाैलागाई ले बताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]