बिराटनगर, माघ २३ गते । महिलाहरुको संस्था जागृत महिला समाजले समाजिक काममा योगदान गर्दै आएको सामाजिक संघ संस्थाका प्रतिनिधीहरुलाई मायाको चिनो प्रदान गरेर संस्थाको पाँचौ वार्षिक उत्सव मनाएका छन् ।
समाजिक काम गर्ने उदेश्यका साथ पाँच वर्ष अगाडी संस्था स्थापना गरि जागृत महिला समाजले महिलाको सशक्तीकरण, उत्थान र आर्थिक रुपमा समपन्न बनाउने उदेश्यले समाजिक कार्य र समाज सेवा गर्दै आइरहेको संस्थाकी अध्यक्ष ममता यादबले बताईन ।
दक्षिणि भेगका मधेसी महिलाहरु अहिले पनि विभिन्न किसिमको शारीरिक, मानसिक र आर्थिक र पारिवारिक हिंसामा पर्दै आएकोले यस्ता हिंसालाई चिर्दै अगाडी बढाउन हौसला दिने उदे्श्यले कार्यक्रमको आयोजना गरेको अध्यक्ष यादवको भनाई छ ।
अहिले पनि दक्षिणी भेगका मधेसी महिलाहरु अझै पनि चुल्हा चौकाबाट बाहिर आउन नसकेको भन्दै उनीहरुलाई माथी उठाउनका लागि समाजले विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेको यादवको दावी छ ।
जब सम्म महिलाहरु आर्थिक रुपमा सक्षम हुँदैन तब सम्म विभिन्न किसिमको हिंसाको सामना गर्नु पर्ने बाध्यता रहेको भन्दै महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन स्वरोगजार कार्यमा राज्यले आवद्ध गराउनु पर्ने माग गरेकी छिन् ।
महिलाहरूलाई सशक्त बनाउन विभिन्न सामाजिक कार्यक्रमहरु जागृत महिला समाजले गर्दै आईरहेका छन् । कार्यक्रममा मकालु टेलीभिजनकी सम्वाददाता उषा सरदार सहित सामाजिक क्षेत्रमा योगदान पु¥याउने एक दर्जन भन्दा बढी महिलाहरुलाई आयोजक संस्थाले मायाको चिनो प्रदान गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]