विराटनगर, माघ २१ गते । सुनसरीको गढी गाउँपालिका वडानं. २ मा रहेको गढीथानमा आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलन हुने भएको छ ।
हौली परिवार र थारू लेखक संघ नेपालकले नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मलन गरी गढीथानमा आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलन माघ २६ र २७ गते हुने हौली परिवार, मोरंग सुनसरी अध्यक्ष श्रवण कुमार सुतिहारले जानकारी गराए ।
हौली परिवारको उदेश्य अनुसार थारू भाषा, साहित्य, संस्कृतिको संरक्षण, संवर्धन र बिकाश गर्न लेख, रचना, लोक साहित्य संकलन गरि “हौली“ बार्षिक प्रकाशन गर्दै आईरहेको छ । थारू समुदायमा गछदार वा गाउँका मूल ब्यक्तिको नेतृत्वमा सबै मिलेर सकारात्मक कामको लागि बिना पारिश्रमिक शारिरिक सहयोग गरि काम समपन्न गर्ने परंपरालाई हौली भन्ने गरेका थारु समुदाय लोक साहित्यमा धनी भए पनि यसको उचित संरक्षण हुन नसकेकोले लोप हुदै गइरहेको सुतिहारले जानकारी गराए ।
थारू लोक साहित्यमा लोकगीत, चांचर, बिरहेन, बालगीत, पालनगीत, समधौन, बारहमासा, भक्तिगीत, निर्गुणगीत, सोहर, मंगल, स्तुतिबन्दना, हरिनाम, चोरखेलिया, ठारीवर्त, आदि नयांपुस्तामा हस्तानान्तर हुन सकेको छैन । यीनै कुराहरु संरक्षण गर्न हौली परिवारले हौली १५ अंक सम्म प्रकासन गरेका छन । मोरडिया थारु समुदायलाई चिन्हाउन मोरडिया थारु, चोरखेलिया लोकनाचको गीत, हरिनाम लोककिर्तन, तथा अनमोल बेहाल, हालत, प्रकाशके चिन्ता नामक थारु कविता संग्रहहरू प्रकाशन गरेका छन ।
आठौँ सम्मेलन “थारू साहित्य राष्ट्रिय सम्मेलन“ को नामले संचालन हने ३ दिने कार्यक्रममा २५ गते सांझमा अतिथिहरुलाई बासोबासको ब्यबस्था, २६ गते समुदघाटन र छलफल संचालन र २७ गते विभिन्न विधामा प्रस्तुत भएको विषय बस्तुमा छलफल गरी समापन तथा स्थानिय गाउघर अवलोकन गराई कार्यक्रम रहेको छ ।
सम्मेलनमा थारु भाषाका पुस्तकहरु बिमोचन, थारू भाषा साहित्यका लेखक तथा महिला सशक्तिकरणका अभियन्तालाई पुरस्कार र सम्मान, मानक थारू भाषाको कार्यान्वयन पक्ष बारे कार्यपत्र प्रस्तुत, थारू समुदायको इतिहास, धर्म र संस्कृतिवारे बिज्ञहरु संग छलफल, थारू साहित्यमा अनुवादको अवस्था बारेमा प्राज्ञहरूबाट कार्यपत्र प्रस्तुत, पूर्विया थारु साहित्यको अवस्था वारे छलफल, थारू भाषा साहित्यको संस्थागत बिकाशका प्रयासहरु बारे गहन छलफल हुने उपाध्यक्ष फुदनसरी चौधरीले वताए ।
ग्रामथान संरक्षण, थारू भाषामा पठनपाठन, प्रथाजन्य कानुनका विषयमा समेत छलफल हुने भन्दै पूर्व मेची देखि महाकाली सम्मका करीब १५ सयका हराहरीमा थारु समुदायका विशिष्ठ व्यत्तित्वहरुको उपस्थिती हुने अर्का उपाध्यक्ष राजेश सरदारले वताए ।
आठौँ थारु साहित्य राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा पुर्व माननीय भगवती चौधरी रहने छ । सो अवसरमा सम्पर्ण थारु समुदायलाई सम्मेलनमा उपस्थित भई सफल बनाई दिन आयोजकले हार्दिक आग्रह गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]