विराटनगर, भाद्र १० गते । प्रहरीले चलाएको गोली लागेर एक जना सर्वसधारणको मृत्यु भएको छ ।
घटनाको विवरण अनुसार झापा जिल्लाको झापा गाउँपालका वडा नं. कामाटोलमा बुधवार प्रहरीले गोरु काटेका आरोपमा पक्राउ गर्न पुगेको प्रहरी र स्थानीवीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ३८ वर्षिय रमिफुन आलमको मृत्यु भएको छ ।
गोली लागरे गम्भीर घाइते भएका आलमको विर्तामोडस्थित बिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गोरु काटेको खबर पाएपछि प्रहरीको टोली कामाटोली बजार पुगेर घटनास्थलवाट दुई जनालाई पक्राउ गरी गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीयबासीले आक्रमण गरेका थिए ।
स्थानीयले आक्रमण गरेपछि प्रहरीले फाइरिङ गरेको हो । घटनामा सशस्त्र प्रहरीका एक जवान पनि घाइते भएको सोही गाउँपालिका स्थित रहेका विओपीका इन्सपेक्टर सचन श्रेष्ठले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]