विराटनगर, माघ १८ गते । विगत केही समय देखि विराटनगरमा मोटरसाईकल चोरीको घटना बढेसंगै प्रहरीको विशेष अनुसन्धान र सीसीटीभी फुटेजको आधारमा एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत, विहार जिल्ला अररिया, फारवेशगंज थाना, रंघा मझुवा ग्राम पंचायत, वडा नं. ११ बस्ने वर्ष ३५ को सिकन्दर मण्डललाई बुधवार पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानका क्रममा मण्डलले मोटरसाईकल चोरी गरी नम्बर प्लेट फाली भारत तर्फ लैजाने उद्देश्यले जिल्ला मोरङ विराटनगर–१४ स्थितमा लुकाई छिपाई राखेको अवस्थामा पल्सर एनएस मोटरसाईकल थान–१ र अमाह एफजेड मोटरसाईकल थान–१ वरामद गरेको थियो ।
बरामद भएको सम्बन्धित मोटर साईकल धनी सँग सम्पर्क गरी कानूनी प्रकृया अगाडी बढाईएको र चोरी गर्दै गरेको सीसीटीभी फुटेजमा कैद भएका तर बरामद नभएका थप ३ वटा मोटरसाईकलका धनीहरु सम्पर्कमा आई अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
पक्राउ परेका मण्डललाई सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ म्याद थप भई चोरी मुद्धामा अनुसन्धान भई रहेको छ । पक्राउ प्रातिवादी सिकन्दर मण्डलले लामो समय देखी नेपालको सिमा क्षेत्रबाट संगठित रुपमा गिरोह परिचालन गरी मोटरसाईकल चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]