विराटनगर, माघ १६ गते । बृहत मधेशी नागरिक समाज विराटनगरले मधेशी जनताको अधिकार प्राप्तिको लागि विभिन्न आन्दोलनमा जीवन आहुती दिएको वीर मधेशी शहिदहरुको सम्झनामा विराटनगरको रोड शेषचोकमा श्रद्धाञ्जी सभा गरी दिप प्रज्वलन गरेका छन् ।
श्रद्धाञ्जली सभा एवम् दिप प्रज्वलन कार्यक्रममा प्रोफेसर राजेन्द्र प्रसाद गुप्ताले मधेशी जनताको अधिकार प्राप्तिको लागि जीवन आहुती दिने वीर शहिदहरुको सपना पुरा हुन नसकेको भन्दै वीर शहिदहरुको सपना पुरा गर्नुको सट्टामधेशवादी राजनीति दलका नेताहरु व्यक्तिगत स्वार्थमा डुवेका छन् । राज्य पनि मधेश आन्दोलनको माग सम्बोधन गर्न विभिन्न जालझेल गर्दै आएको छ ।
त्यसैगरी बृहत मधेशी नागरिक समाजका अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले मधेश आन्दोलनको उपलब्धीहरुलाई राजनीतिकदलका नेताहरुले व्यक्तिगत स्वार्थमा सौदावाजी गरेको भन्दै कम्तीमा शहिदहरुको सम्मानका लागि कोशी प्रदेशमा मधेशी शहिद प्रतिष्ठान बनाएर अगाडी बढ्न आम मधेशी समुदायलाई आग्रह गरेका छन् ।
श्रद्धाञ्जी सभा एवम् दिप प्रज्वलन कार्यक्रममा मधेशी नागरिक समाजका अगुवाहरु, प्रध्यापक, शिक्षक, विद्यार्थी राजनीतिक दलका नेताहरु र जनप्रतिनीधिहरुको उपस्थित रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]