विराटनगर । विराट देव सेवा समितिले करीब एक करोड मुल्य पर्ने जग्गा दता देव दम्पति हिरा प्रसाद देव, श्रीमति गौरी देवी सहित जग्गा खरीद गर्न सहयोग गर्ने १ सय ६८ जनालाई प्रमाणपत्र सहित सम्मान गरेका छन् ।
मधेश प्रदेशको सप्तरी जिल्ला राजविराज नगरपालिा वडा नं. ११ हाल विराटनगर महानगरपालिका वडा नं. २ निवासी देव दम्पतिले १ कट्ठा ७ धुर जग्गा प्रदान गरेका छन् । ९ घुर जग्गा विराट देव समुदायबाट ५ हजार देखि २ लाख सम्मको सहयोग संकलन गरी खरिद गरिएको छ । ती सबै दाताहरुलाई प्रथम बार्षिक उत्सव तथा सम्मन कार्यक्रमको आयोजना गरी सम्मानित गरेको हो ।
प्रथम वार्षिक उत्सवका प्रमुख अथिती कोशी प्रदेश सभा सदस्य अमृत अर्याल लगायतका अतिथीहरुले जग्गा दाता र आर्थिक सहयोग गर्ने दताहरुलाई खादा र सम्मनपत्रले सम्मानित गरेका थिए । सोही अवसरमा अर्यालले विराट देव सेवा समितिका भवन निर्माणको लागि सक्दो आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


सोही अवसरमा विराटनगर वडा नं. १३ का वडा अध्यक्ष सुर्यलाल यादवले विराट देव सेवा समितिको सामुदायिक भवनको लागि १० लाख वडावाट उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए ।
विराटनगर महानगरपालिका वडा नं.१३ सैनिक टोलमा दातावाट प्राप्त १ कट्ठा ७ धुर जग्गा र आर्थिक सहयोगवाट खरिद गरीएको ९ धुर जग्गा गरी जम्मा १ कठ्ठा १६ धुर जग्गामा वागेश्वरी मन्दिर र देव सामुदायिक भवन निर्माण गर्ने भएको छ । समितिको नाममा जग्गा उपल्ब्ध गराउन सुरक्षा अस्पतालकी सञ्चालक डा. रम्भा देवले बुबा हिरा प्रसाद देव र आमा गोरीदेवीसंग सहजीकरण गरि दिएको विराट देव सेवा समितिका अध्यक्ष राजेन्द्र प्रसाद देवले वताए ।
उक्त जग्गामा बागेश्वरी देवी माताको मन्दिर, र सामुदायिक भवन निर्माण गर्ने योजना रहेको समितिका संस्थापक सह–सचिव जितेन्द्र देवले जानकारी गराउँदै भवन निर्माणको लागि सम्पुण देव समुदायलाई सहयोग गर्न आह्वान गरेका छन् ।
प्रथम बार्षिक उत्सव तथा सम्मान कार्यक्रममा कोशी प्रदेशको मोरंग, झापा र सुनसरी र मधेश प्रदेशका देव समुदायहरुको उलेख्य उपस्थिति रहको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]