विराटनगर, माघ १२ गते । मैथील सञ्चारकर्मी संघद्धारा एक जना गायक र एक जना सल्लाहकार सम्मानित भएका छन् ।
सम्मानित हुनेहरुमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीका प्रेस सल्लाहकार पत्रकार देवनारायण साह र मधेश प्रदेशको मिर्चैया नगरपालिका गायक जागेश ठाकुर रहेका छन् ।
उनीहरुलाई सम्मान कार्यक्रमका प्रमुख अतिथी एवं मैथिली सेवा समितिका अध्यक्ष फुलकुमार देवले सम्मान पत्र, दोसल्ला, फूलमाल र पाग लगाएर सम्मान गरेका हुन् ।
प्रमुख अतिथी देवले मैथिली भाषाको उत्थानको लागि मैथिली भाषा–भाषीहरुले आफ्नो भाषाको अधिकतम प्रयोग गुर्नपर्ने, भाषा संस्कृति संरक्षणको लागि एकतावद्ध हुनु पर्ने, मैथिली कार्यक्रमहरुमा मैथिली भाषाका प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । सम्मान कार्यक्रममा मैथिली अभियन्ता बसुन्धरा झा लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रम मैथिल सञ्चारकर्मी संघका केन्द्रीय अध्यक्ष नवीन कर्णको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]