विराटनगर, माघ ८ गते । वास्तवमा “राम” शब्द एक तर अर्थ अनेक रहेको छ ।ं मैले यहाँ रामको अर्थलाई चर्चा गर्न चाहेको छु । जसरी समुन्द्र र ईनारको तुलना कुनै कालमा सम्भब छैन् त्यसरी नै भगवान रामको अर्थलाई ईनारको एक वाल्टीन पानीको रुपमा यहाँ उल्लेख गर्न खोजेको हुँ । जसरी तिर्खा लागेको व्यक्तिलाई एक थोपा पानीले स्वाद प्राप्त त हुन सक्छ तर तिर्खा मेटाउन सक्दैन् । त्यसैले राम को बारेमा केही भन्न मात्र खोजेको हुँ । गाँउ घरको लोकाचारीमा वषौं देखी प्रयोग हुदै आएको मान्यता जुन हाम्रा बुवा बाजेहरुले राम शव्दलाई बहुत मार्मिक भावले समय समयमा प्रस्तुत गर्नु हुन्थ्यो । त्यसैले एउटा भाव प्रष्ट देखिन्छ कि राम नाम जप गर्नाले संसारको सबै थोक प्राप्त गर्न सकिन्छ ।
१) “राम” शब्द प्रथम अंकको लोक तात्विक नाम हो । कृषकहरुले वा साहुकारले तौल गर्दा शुरुको तौललाई रामे जी राम भनेर तौलिन्छ । यसको अर्थ पहिलो वा एक हो । त्यस पछि रामे जी राम दुई । त्यसपछि क्रमशः नम्बरमा तौलिन्छ । रुपैया गन्दा पनि पहिला रुपैयालाई रामे जी राम भनेर गनिन्छ । आदी आदी
२) सूर्यवंशी रघुवंशी राजा दशरथ पुत्र राम अयोध्याको अधिपति र लोककल्याणकारी राजाको रुपमा मात्र नभई समस्त जीव कै कल्याणकारी रहेकाले रामलाई भगवानको दर्जा र बिष्णुको अवतार भनेर चिनिन्छ ।
३) राम शब्दका तत्व बिचार यस प्रकार छन् ।


श्रीरामको जन्म नवमीको दिन किन ?
मर्यादा शब्द भगवान रामद्धारा प्रदत्त एक पहिचान र बिषेशताले भरिएको छ । जसरी शिशाको ग्लासलाई जताबाट हेरिन्छ त्यतैबाट आफनो अनुहार देखिन्छ त्यसरी नै जब मर्यादा शब्दको उचारण गरिन्छ अनि हामी भगवान रामको चरित्र, स्वाभाव, व्यवहार, आर्दश, धैर्यता र कर्मलाई सम्झन्छौं । आफनो कर्ममा सर्तकता अपनाउछौं । चैत्र शुल्क नवमीको दिन भगवान रामको जन्म दिन आदर भावले मनाउने गरिन्छ ।
अयोध्याको राजवंश ईक्ष्वाकु कुलमा महानप्रतापी राजा दशरथको पत्नी जेष्ठ राणी कौशल्याको गर्भवाट मध्याहृ १२ः०० बजे चैत्र शुल्क नवमीको दिन भगवान रामको जन्म भएको हो । “त्रेतायां रघुनन्दन ः” ब्रहा्रांडपुराण को यस उक्ति अनुसार श्रीराम भगवान बिष्णुको अवतार थियो । स्रोत ः “हम पहचानें, अपनी संस्कृति एवं परम्परा को” नामक पुस्तक लेखक साधु अक्षरजीवन दास, प्रकाशक ः स्वामिनारायण अक्षरपीठ, शाहीबाग, अहमदाबाद — ३८० ००४.
हजारौं वर्ष पहिला चैत्र शुल्क नवमीको दिन नै भगवान रामको जन्म भएको हो । त्यही दिनलाई ९(नौं) शब्द÷अक्षरको पनि जन्म भएकोे मानिन्छ । सूर्यवंशको प्रतिक भगवान रामको जन्म भएकोले पनि ९(नौं) अंकलाई अन्तिम अंक मानिएको हो । अर्थात अंकहरुको गणनामा अन्तिम अंक वा सब भन्दा ठुलो अंक वा श्रेष्ठतम् वा त्यो भन्दा ठुलो कोई अंकहरु पनि नरहेको संकेत गरेको छ । जसरी ९(नौं) अंकको तुलना गर्न सकिदैन् त्यसरी नै भगवना रामको जस्तो मर्यादा पालक अरु काईपनि हुन सक्दैन् र तुलना हुन सक्दैन् भन्न खोजिएको हो । ९(नौं) को पछि अरु कुनै अंक कुनै भाषामा पनि हुन सकेन् । जति संख्या निर्माण गरेपनि ०,१,२,३,४,५,६,७,८,९ लाई मात्र प्रयोग गरेर संख्याको निर्माण गरिन्छ जसमा सब भन्दा ठुलो संख्या ९९९९९ मात्र हुन सक्छ । अर्थात कुनै संख्याको अन्तमा ९ छ भने मात्र त्यो ठुलो सख्या हुन्छ । ठिक त्यस्तै, भगवान राम ९(नौं) अंकलाई छानेर त्यही दिन यस पूथ्वीलोकमा अबतरित हुनु भयो । यही ९ अंकहरुमा सम्पूर्ण अंक गणित समोबश रहेको पाईन्छ । भगवान राममा पनि सबै भगवानहरुको वास पाईन्छ । त्यसैले भगवान रामको मात्र नाम जप गर्नाले सबैको मनोकामना पुरा हुन्छ ।


हजारौं वर्ष पहिला जन्मेको भगवान रामको भावना र भाव कथा कहानी आदी मार्फत पनि जन जनमा चर्चित रहेको पाईन्छ । अनेक काल, अनेक राजा, अनेक सम्राटहरु भए तर भगवान राम जस्तो कोईपनि हुन सकेन् । त्यसैले राम पुरुषोंत्तम भनेर पनि चिनिन्छ , अर्थात सबै पुरुषमा श्रेष्ठ उत्तम श्रेणीको भनेर पनि भनिन्छ । सबै गुणको खजाना हो जसलाई सुरक्षित राख्नको लागि सन्दुक, तिजौरी, कोठी, महल चाहिदैन् । राम यति नरम कोमल छ कि जसलाई हामीले आफनो हृदयमा मात्र सुरक्षित राख्न सक्छौं । राम जस्तो अनमोल अमूल्य गहनालाई ।
रामको जन्म चैत्र शुल्क नवमीको दिन र माता सीताको जन्म बैशाख महिनाको नवमीको दिन जन्म भएकोले पनि राम सीता श्रेष्ठ भएको अनुमान गर्न सकिन्छ ।
अयोध्या र अबधको अर्थ ः
अयोध्या ः हिंसासर्थक युध धातुद्धारा योध्यः÷ योध्या बन्छ । न युध्या अर्थात् अयोध्या यस किसिमको पनि यसको व्युत्पति र बिग्रह हुन सक्छ ।
अबध ःअवधी नामाकरणको सन्र्दभमा अवध शब्द हिंसार्थक वध् धातुद्धारा पाणिनीय व्याकरणको आधारमा अच् प्रत्यय जोडिएर बनेको छ ।
माथिका दुवै व्युत्पित्तिका आधारमा के भन्न सकिन्छ भने अयोध्या र अवध दुवै हिंसारहित क्षेत्र अर्थात् शान्ति क्षेत्र वा वैष्णव क्षेत्रका रुपमा चिनिन्छन् ।
यसले सावित गर्दछ कि अवध वा अयोध्या क्षेत्र राज्यमा वैष्णवहरुको शासन रहेकोले हत्या हिंसा नभएको बताईन्छ । यसले सूर्यवंशी राजाहरु वैष्णव रहेको संकेत गर्दछ । जसको कारण कुशवाहा जातिमा वैष्णवको प्रत्यक्ष प्रभाव रहेकोले कुशवाहाहरु प्रायः वैष्णव रहेको पाईन्छ ।
(स्रोत ः नेपाली लोकवार्ता पेज नं. ३८, भाग ६, लेखक ः विक्रममणि त्रिपाठी, प्रकाशक ः लोकवार्ता परिषद्, नेपाल, प्रधान सम्पादक डा. कुलराज निरौला) ।
अयोध्या र अबध शब्दहरुलाई भारतीय हिन्दी शव्द कोशले पनि प्रमाणित गरेको छ । बर्तमान अयोध्या, अबध र राजा जनकको भुमि जहाँ युद्ध हाईन ज्ञानको चर्चा हुन्थ्यो, बाल्मीमिको स्थान जहाँ ज्ञानको चर्चा हुन्थ्यो, भगवान गौतमबुद्धको स्थान जहाँ युद्ध र हिंशाको परिकल्पना समेत गर्न सक्दैन्थ्यो त्यो भुमि नेपाल हो भने इतिहासले प्रमाणित गर्छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]