राजेश कुमार राजवंशी

विराटनगर, माघ ५ गते । विराट राजवंशी समुदायले आफ्नो गुमेको पहिचान, प्रतिष्ठा र परम्परागत सांस्कृतिक मुल्य मान्यता प्राप्तिका लागि १७ औं बृहत भेला विराटनगर–४ कन्चनवारी आयल निगम छेउमा रहेको सितलु दास गुठीको प्रांगणमा गर्ने भएको छ ।
राजवंशी समाज उत्थान केन्द्रिय समिति (विराट) ले विराटनगरको नेरुडे लघु वित्त संस्थाको सभाहलमा छलफल गरि वृहत भेला सितलु दास गुठीको प्रांगणमा गर्ने निर्णय गरेको हो ।
राजवंशी समाज उत्थान समिति (विराट) ले प्रत्येक वर्ष फागुण ६ गते वृहत भेला गर्दै आएको छ । विराट राजवंशी समुदायले १७ औं वृहत भेलालाई सभ्य र भव्य वनाउनको लागि समिति र विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
विराट राजवंशी समुदायको वृहत भेलाले राजवंशी समाज उत्थान समिति मोरङको अध्यक्ष काशिराम राजवंशीको संयोजकत्वमा मुल समिति गठन गरेको छ । त्यसैगरी उपसमितिहरुमा ईन्द्रलाल राजवंशी संयोजक आर्थिक, सूचना तथा प्रचार–प्रसार समितिको संयोजक राजेश कुमार राजवंशी, मन्च व्यवस्थापन समितिको संयोजक पन्न्ना लाल राजवंशी, मोटरसाइकल र्याली स्वयंसेवक संयोजक युवराज राजवंशी जिम्मेवारी दिएको छ ।


केन्द्रिय समितिको भेलाले १७ औं बृहत भेलालाई वृहत प्रचार प्रसार गर्न फागुण १ गते पत्रकार सम्मेलन गर्ने, फागुण ४ गते मोटरसाइकल र्याली गर्ने भएको छ । राजवंशी समाज उत्थान केन्द्रिय समिति (विराट) का केन्द्रिय उपाध्यक्ष प्रदीप विस्वास राजवंशीले १७ औं बृहत भेला सफल पार्न भव्य र सभ्य रूपमा मनाउने भएकोले सम्पर्ण विराट राजवंशी समुदायलाई सहभागी हुन समेत आह्वान गरेको छ ।
त्यसैगरी कटहरी गाउँपालिका वडा नं. १ का अध्यक्ष हरिनारायण राजवंशीले आफ्नो जातिको लागि सहयोग गर्ने वताउँदै विराट राजवंशीको भव्य र सभ्य भेलालाई आफ्नो जातीय भेषभुषा, संस्कृति, पहिचान झल्काउने पहिरनमा उपस्थित भई सहभागी हुन आग्रह समेत गरेका छन् ।
१७ औं बृहत भेला सम्पुर्ण विराट प्रेमी दाजुभाइ, दिदिबहिनी, शिक्षक, कर्मचारी, व्यपारी, राजनीतिक दलका नेता गण, किसान, विधार्थी, कलाकार, बृद्वबृद्वा तथा शुभ चिन्तक इष्टमित्रहरु उपस्थित भई सफल पारिदिन राजवंशी समाज उत्थान समिति केन्द्रिय अध्यक्ष भुवनेस्वर मण्डल राजवंशीले आग्रह समेत गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]