विराटनगर, भाद्र १० गते । महोत्तरी घर भएको एक कोरोना भाइरस संक्रमित पुरुषको न्यूरो अस्पतालमा मृत्यु भएको छ ।
टाउँकोमा समस्या भई नसाहरु समेत सुकेर प्यारालाइसिस भएको उनको उपचार गर्दागर्दैको अवस्थामा कोरोना परिक्षण पोजिटिभ देखिएको थियो ।
साउन ३१ गते न्यूरो अस्पतालमा भर्ना गएिको उनका लक्षण करोना जस्तो देखिएपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा भदौ ७ गते पोजिटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ
अस्पतालको कोभिड –१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटीको संयोजक एबम अस्पतालका डाइरेक्टर रन्जितराज बस्नेतका अनुसार मृतक पुरुषमा कोरोना देखिएपछि अस्पतालले तयार गरेको आइसोलेसनमा उपचार भैरहेको थियो । भेण्टिलेटरमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको हो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]