विराटनर, माघ २ गते । विदेश पठाई दिने प्रलोभन दिई विराटनगर महानगरपालिका वडा नं. ८ बस्ने नाजनी खातुनले एक दर्जन व्यक्ति लगायत मसंग लाखौ रकम लिई ठगी गरेको आरोप एक यूवाले लगाएको छ ।
विरटनगर स्थित नेपाल पत्रकार महासंघ मोरंग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी सुनसरी जिल्ला इटहरी उपमहानगर पालिका वडा नं. १७ का सोनु बिक्रम साह र उनका श्रीमति पुष्पा साहले एजेन्ट खातुनलाई रकम ठगीगरेको आरोप आरोप लगाएको हो । विदेश पठाईदिने भन्दै ३ लाख ३५ हजार रुपैयाँ ठगी गर्नुको साथै म जस्तै एक जर्दन व्यक्तिलाई ठगी गरेको आरोप लगाएका छन् ।
पिडीत साहले खातुनलाई ज्योति विकास बैंकको खाँतामा २०८० श्रावन १५ गते रकम जम्मा गरिदिएमका थिए । साह र उनका श्रीमति पुष्पा साहलाई खातुनले दुवई पठाउनका लागि रकम लिएको पिडितले वताए । खातुनले रकम लिए पछि दुवै जनाको नाममा नक्कली भिसा र नक्कली हवाई जहाजको टिकट दिएर २०८० कार्तिक ११ गते विदेश जानका लागि काठमाण्डौं पठाएका थिए । तर उनीहरु दुवैजना विदेश नगएर १२ दिनपछि आफ्नै गाउँफर्किएको साहले वताए ।
गाउँ फर्किसकेपछि एजेन्टसंग किन ठगीगरेको भन्दा कम्पनीको काम बन्दभएको भन्दै टारेको पिडीत साहले वताए । खातुनसंग पटक पटक आफ्नो रकम फिर्ता माग्दा खातुनले उल्टै उच्च अदालत विराटनगरमा २०८० असोज १ गते हातपात र गालीगलोजको मुद्दा दर्ता गराएको साहले गुनासो गरे । खातुनले साहलाई रकम फिर्ता दिन्छु भनेर पटक–पटक द्ुवै जना बीच कगज गरेपनि रकम फिर्ता दिन नचाहेको साहको आरोप छ ।
साह द्धयले जिल्ला प्रशासन कार्यालय मोरंगमा विदेश पठाई दिने भनेर रकम लएको तर विदेश नपठाई ठगी गरेको भन्दै रकम फिर्ता गराई पाउँ असोज ६ गते उजुरी दर्ता गराएका थिए । सोही अनुसार विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने सफि अहमद खाँ, सोनु विक्रम साह र पुष्पा कुमारी साहलाई वैदेशिक रोजगारका लागि दुवई पठाउँछु भनी नगद ८ लाख ९५ हजार लिएको सो रकम सुनसरी बर्जु गाउँपालका वडा नं. ३ को निर बहादुर गुरुङ्ग र नाजनी खातुनले तिर्छु भनी सहमती गरेता पनि सो रकम तिर्न आलटाल गरेको र प्रशासनले समेत कुनै कारवाही नगरेको आरोप लगाए ।
ऋणकर्जा लिएर विदेश पुगी पैसा कमाउने सपना देखेका साह द्धय अन्तर्राष्ट्रिय विमान स्थलबाट घर फर्किएर रकम फिर्ता गराउन र न्याय पाउनको लाग हारगुहार गर्दै भौतारी रहेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]