विराटनगर, पुस ४ गते । नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व खेम नेपाली र सोम पोर्तेल पुरस्कृत भएका छन् ।
मंगलबार नेपाल उत्पीडित जातीय मुक्ति समाज कोशी प्रदेश कमिटीले नेपाली दलित आन्दोलनका अग्रज व्यक्तित्व नेपाली र पोर्तेललाई पुरस्कृत गरेको थियोे ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३६ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नगद सहित नेपालीलाई भद्रमान घले स्मृति सम्मान पुरस्कार र पोर्तेललाई नवराज शंकर स्मृति युवा प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।
पुरस्कार नेकपा एमालेका महासचिव शंकर पोखरेल, मुक्ति समाज केन्द्रीय कमिटी अध्यक्ष मनोहर विश्वकर्मा र कोशी प्रदेश अध्यक्ष उमेश विश्वकर्मा लगायतले पुरस्कृत गरेका थिए ।
पुरस्कृत अभियन्ता नेपाली मुक्ति समाज केन्द्रीय कमिटीका महासचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी पूर्व जनसंगठन समन्वय संयन्त्र प्रमुख एवम् राष्ट्रियसभाका पूर्व सांसद हुन् ।
पोर्तेल मुक्ति समाज केन्द्रीय कमिटी सचिव, नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य तथा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख हुन् ।
मुक्ति समाजको स्थापना दिवसको अवसर पारेर केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश कमिटीले स्थापना गरेको सो पुरस्कार उनीहरुलाई प्रदान गरको थियोे ।
कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, पूर्व केन्द्रीय सदस्य विनोद ढकाल, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, उपाध्यक्ष बाबुराम कार्की, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मुक्ति समाजका उपाध्यक्ष एवम् प्रदेश कमिटी इन्चार्ज अनुभूती बम नेपालीलगायत कोशी प्रदेशका अधिकांश जिल्लाबाट मुक्ति समाजका सयौँ नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
मंगलबार देश व्यापीरुपमा मुक्ति समाजको ३६ औं स्थापना दिवस मनाइएको थियो । यसपटक मोरङमा केन्द्रीय कमिटीको आयोजनामा स्थापना दिवस मनाइएको मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारीको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]