विराटनगर, पुस १ गते । विराटनगरको विभिन्न भिडभाड भएको स्थानवाट १६ बटा मोटर साईकल चारीमा संलग्न रहको आरोपमा २ जना पक्राउ परेका छन् ।
बिगत केही समय देखि मोरङ जिल्लाको बिराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाईकलहरू चोरी भएको खवर प्राप्त भई अनुसन्धान गर्ने क्रममा नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्री लगायतका बढि भिडभाड हुने स्थानहरूबाट हराएका १६ वटा मोटरसाईकलहरूको चोरीमा संलग्न रहेको आरोपमा २ जना पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नरसिंह–२ बस्ने वर्ष २१ को निकाइल अन्सारी र सुनसरी जिल्ला हरिनगरा–६ बस्ने वर्ष ३९ को नजाम अन्सारी रहेका छन् ।
उनीहरुले नोवेल अस्पतालबाट साईन मोटरसाईकल २ वटा, सुपरस्प्लेण्डर मोटरसारईकल २ वटा र अपाची मोटरसाईकल १ वटा, सेन्ट्रल मलबाट साईन मोटरसाईकल १ वटा, सुरपस्प्लेण्डर मोटरसाईकल २ वटा र पल्सर मोटरसाईकल १ वटा, कोशी अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, गुद्रीबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, मालपोत कार्यालयबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा, नापी कार्यालयबाट साईन मोटरसाईकल १ वटा र विराट टिचिङ अस्पतालबाट सुपरस्प्लेण्डर मोटरसाईकल १ वटा गरी १४ वटा मोटरसाईकल चोरी गरेका छन् ।
मोटर साईकल चोरीमा संलग्नहरुलाई खोजतलास गर्ने क्रममा निकाइल अन्सारी र नजाम अन्सारीलाई अवैध लागु औषध (खैरो हिरोईन) जस्तो देखिने पदार्थ १.०३ ग्राम सहित पक्राउ गरी अनुसन्धान भईरहेको छ ।
मोरङ जिल्ला अदालतबाट पक्राउ परेका दुई मध्ये नजाम अन्सारीलाई लागू औषध र चोरी कसूरमा दिन ५ (पाँच) र निकाईल अन्सारीलाई चोरी र कसूरमा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ ।
नजाम अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपरस्प्लेण्डर मोटरसाईकलको ब्लु बुक समेत बरामद भएकोले उक्त मोटरसाईकलको धनी र उल्लेखित स्थानहरूबाट मोटरसाईकल हराउने ब्यक्तिहरूले आफ्नो मोटरसाईकलको ब्लु बुक सहित जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा आई सम्पर्क गर्नु हुन समेत अनुरोध गरिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]