पथरी यूथ क्लवले चुम्यो वडा अध्यक्ष कपी फुटबलको उपाधी
विराटनगर, मंसिर २५ गते । संगठीत नोचा युवा क्लवले सञ्चालन गरेको तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा शुन्यका विरुद्ध १ गोल गारेर पथरी युथ क्लव फुटबल प्रतियोगिताको उपाधि हासिल गरेका छन् ।
धनपालथान–१ स्थित नोचामा जारी तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा डांगीहाट युथ क्लवलाई एक गोल गरेर पथरी युवा क्लवले फुटबल प्रतियोगिताको प्रथम उपाधि जितेको हो ।
युवाहरुलाई खेल माध्यमबाट अगाडी बढाउने उदेश्यले फुटबल प्रतियोगिता आयोजना गरेको संगठीत नोचा युवा क्लवका अध्यक्ष सूर्यनारायाण मण्डलले वताए । फुटबल प्रतियोगिताको फाइनल खेलमा पथरी युथ क्लवलका शुभाष तामाङले ८० औं मिन्टमा गोल गरेर क्लबलाई प्रथम उपाधी दिलाएको थियो ।
संगठीत नोचा युवा क्लव, धनपालथान गाउँपालिका वडा नं १ र जीवन विकास समाजको सहकार्यमा आयोजना गरिएको तेस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताका आयोजक क्लवले प्रथम हुने क्लवलाई ५१ हजार र सिल्ड कप प्रदान गरेको थियो ।
त्यसैगरी दोस्रो हुने डाँगीहाट युथ क्लवलाई नगद ४१ हजार र सिल्ड कप प्रदान गरेको थियो । मंसिर ९ गतेदेखि सञ्चालन गरिएको फुटबल प्रतियोगिताको फईनल खेलमा पुरस्कार वितरण गर्दै प्रतिनिधि सभाका सभा सदस्य योगेन्द्र मण्डलले खेलले आफ्ना नाम, गाउँ र देशलाई चिनाउन महत्वपूण भूमिका हुने वताए ।
कार्यक्रममा कोशी प्रदेशका सभा सदस्य गयान्द मण्डल, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ प्रसाद गच्छदार, वडाअध्यक्ष खाजा हुसेन, जीवन वीकास समाजकी अध्यक्ष रिबोल मण्डललगायतले पुरस्कार वितरण गरेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]