विराटनगर, मंसिर २४ गते । नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति पुर्वी मोरंगले मिटर ब्याजीहरुले पिडितहरुको घर जग्गा फिर्ता नगरे संघर्ष गर्ने चेतावनी दिएका छन् ।
सो पार्टीले एक विज्ञप्ति जारी गर्दै भनेको छ सयौं व्यक्तिको घर, जग्गाको धनिपुर्जा लिएर ऋणमा लगानी गरको मिटर ब्याजी रंगेली स्थायी घर भई हाल विराटनगर रानीमा बसोवास गर्दै आएका पुनम चन्द्र अग्रवाल द्वारा पिडितहरु रतुमा माई वडा नं. १ बस्ने मुन्ना माझीले २०७२ सालमा ८ कठ्ठा राजीनामा पास गराई १ लाख ६० हजार ऋण लिएको, छविलाल सुतिहारले २०७२ सालमा २ कठ्ठा जमिन राजिनामा पास गरी २ लाख ऋण लिएको थियो ।
त्यसैगरी लतिफुल मियाँले २०७२ सालमा ११ कठ्ठा जमिन राजिनामा पासगरी १ लाख २५ हजार ऋण लिएको, हेमा यादवले २०७४ सालमा ५ विघा जमिन राजिनामा पास गरी २५ लाख ऋण लिएको लगाएत अन्य दर्जनौ पिडित जनता सँग ऋण असुल भईसक्दा पनि जमिन फिर्ता गरेको छैन ।
ऋर्को मिटर व्याजी सुनवर्षी डाइनिया घर भएका अरुण कुमार साह द्वारा पिडित सुनवर्षी ६ बस्ने सिता देवी चौधरीको १ विघा १२ कठ्ठा जमिन २०७२ सालमा राजिनामा पास गरी रु. २२ लाख ५० हजार लिएकोमा पिडितहरुले आफुले लिएको ऋणको साँवा ब्याज सहित बुझाई सक्दा पनि हाल सम्म जग्गा फिर्ता गर्न नमानी उल्टै जग्गा हडपने मनोसायले अदालतमा मुद्दा हाली पिडितहरुलाई उठी बास लगाउने नियत देखिएको हुँदा यस प्रकारको ठगीका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यान आकर्षण भएको विज्ञप्तीमा उल्लेख छ ।
सो सम्बन्धमा पिडित जनताको न्यायको लागि नेपाल कम्युनिस्ट पार्टीद्वारा मिति २०८० मंसिर २१ गते स्थानिय जनताको उपस्थितिमा रतुवामाई नगरपालिका १ मा एक कार्यक्रमको आयोजना गरी पिडितहरुको जमिन फिर्ता गराउन पार्टीले सशक्त संघर्ष गर्ने घोषणा समेत गरेको छ ।
माथि उल्लेखित मिटर ब्याजीहरुले पिडितहरुलाई तुरुन्त घर जग्गा फिर्ता नगरे पिडितको न्यायको निमित्त हदै सम्मको संघर्ष गर्ने विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]