पदक कुमार सरदार
विराटनगर, मंसिर २४ गते । मोरंगको बेलवारी नगरपालिका वडा नं. १० शान्ति टोल, भाउन्नेटोल लगायतको ठाउँमा हात्ती आतंकले भएको मानवीय क्षति र कृषिबाली क्षतिको क्षतिपूति सरकारसंग बेलवारी बासीले माग गरेका छन् ।
लस्करै हिँड्ने हात्तीको बथानले दिनहुँ आतंक मचाई रहको छ । कृषकहरुले लगाएको मकेै, केरा, तोरी लगायतका विभिन्न कृषिबाली सखाप पारेको छ भने हात्तीको आतंकले बेलकारीका सर्वसाधारण आम जनता रातभरी त्रासमै जीवन विताई रहका छन् ।
मंसिर तेस्रो हप्ता शुरु भएदेखि नियमित हात्तीको बथानले रातीको समयमा सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र नष्ट गर्ने गरेको छ । हात्तीको आतंकले बेलबारी–१० शान्ति टोलका अधिकांस मानिसहरु खाद्यन्नका सामग्री घनावस्ती तर्फ ओर्सान थालेका छन् ।
साझ ५ वजेदेखि ११ वजे रातीको समयमा प्रत्येक दिन लस्करै हात्तीको हुल हिँड्ने गरेको र हात्तीको हुलले मकेै, केरा, तोरी लगायतका विभिन्न बालीनाली खाने गरेको छ । हात्तीको हुलले घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थप्रति हात्ती अति आक्रामक हुने गरेका बेलवारी–१० का हात्ती पिडीत घिनेन्द्र दुलाल र गुंडप्रसाद डोटेलले भनाई छ ।
जंगल क्षेत्रमा हात्तीको आवत–जावत बाक्लो भएकाले दिउँसो एक्लै हिँडडुल गर्न समेत समसया भएको स्थानीयको भनाई छ । राती गाउँमा बसन समेत समस्या भएको उनीहरुले दुःखेसो समेत व्यक्तगरेका छन् । गाउँ नजिकेको जगंलमा हात्ती दिनभरी बस्छन् र साझ ६ बजेदेखि हात्ती गाउँमा पसेर बालनाली नष्ट गर्न थाछ, अर्का पिडीत कष्ण हुमागाईले बताए ।


हात्तीको बथानमा एउटा छावा (हात्तीको बच्चा) पनि छ । बच्चा साथमा भएकाले पनि हात्ती अलि बढी आक्रामक भएको हुन सकिने स्थानीयहरुले अनुमान गरेका छन् । बेलाबारी–१० मा कृषकहरुले करीब एक सय विगहामा लगाएको मकेै, केरा, तोरी लगायतका विभिन्न बालीनाली लगाएका छन् । हात्तीको आतंकले एक हप्तामा ४० प्रतिशत भन्दा बढी बाली नष्ट भईसकेको छ । कृषहरुले लाखौं खर्च गरेर लगाएको बालि हात्तीको आतंकले नष्ट भएको छ । पिडीत कृषकहरुका लागि कृषक महासंघ मोरङका अध्यक्ष बसन्त हुमागाईले तिनै तहको सरकारसंग क्षतिपूर्तीको माग गरेका छन् ।
२०–२२ वटाको संख्यामा रहेको हात्तीको बथानलाई स्थानीयहरुले प्रत्येक दिन रातभर जागेर हात्तीलाई जंगलतर्फ धपाउँदै आईरहेका छन् । हात्ती आतंकले बेलबारीमा लेटाङ ३ घर भएका ५३ वर्षीय कमल माझीको एक हप्ता अगाडी मृत्यूभएको थियो ।
अहिले कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत केहिदिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु भइसकेको छ । गत मंसिर ५ गते हात्तीले आक्रमण गर्दा झापा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्लमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।
यस्तै मंसिर १३ गते राती सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको भएको थियो । चारकोशे झाँडीबाट वस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा हात्तीले आक्रमण गरेपछि खड्काको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार इटहरीको वडा नं. २, ३, १९ र २०, मा हरेक रात हात्तीको बथानले भौतिक क्षति पनि गर्दै आएको छ । मंसिर १५ गते फेरि झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो । जंगलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको थियो ।
हात्ती विज्ञ डाक्टर नरेन्द्रबाबु प्रधान पनि हात्ती लखेट्न जानु नै ठूलो कमजोरी भएको बताएको छ । ‘हात्ती धपाउने काम नै नगरौं । हात्तीले बाली खान्छ होला । तर, त्यसको लोभमा ज्यान फाल्नु भएन,’ प्रधानले भने, ‘बालीनालीको त राज्यले क्षतिपूर्ति दिन्छ नि । हात्तीलाई जति चलायो त्यति बहुलाउँछ । हात्तीलाई लखेट्न जाँदा धेरै मानिस मरिरहेका छन् ।’ उनले पनि पहिले पहिले भारतबाट नेपालमा डेढसय भन्दा बढीको हात्तीको हुल आउने गर्दथे । अहिले पनि त्यही हुल आएको हुनसक्ने उनको अनुमान छ । हात्ती आक्रमणमा परी भएको मानवीय तथा धनजनको क्षतिपुर्ति सरकारले दिनु पर्नेमा हात्ती विज्ञ प्रधानको जोड छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]