विराटनगर, मंसिर २२ गते । मोरंगको रंगेली नगरपालिका वडा नं. ९ स्थित ऐतिहासिक रुपमा रहेको दोहमना हाट बजार व्यवस्थापन समिति गठन गरी सकेपछि पत्र पठाएकोमा मुख्य राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।
दोहमना हाटबजार व्यवस्थापन समिति गठन सम्वन्धी पत्र २०८० मंसिर १२ को चलानी नं. ७२४ को पत्रको म्याद सकेपछि हामीलाई पत्र प्राप्त भएको भन्दै मुख्य राजनीतिक दलहरुलाई पाखा लगाई एकलौटी रुपमा दोहमना बजार व्यवस्थापन समिति गठन गरी पत्र पठाएको भन्दै घोर असहमति र आपत्ति जनाएको हो ।
आपत्ति जनाउने राष्ट्रिय राजनीतिक दलहरुमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी पार्टी नगर उपाध्य, जनता समाजवादी पार्टी नगर उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी माओवादी नगर अध्यक्ष, नेपाली काँग्रेस नगर सभापतिले संयुक्त रुपमा मंसिर २० गते बुधवार प्रेस विज्ञप्ती मार्फत आपत्ती जनाएका छन् ।
दुहमना ऐतिहासिक बजार हो साथै बजारमा साना ठूला व्यपारीहरुका दैनिक गुजारा गर्ने मुख्य आर्थिक स्रोत रहेकोमा अहिले मनपरी ढंगले एकलौटी रुपमा दहसत शैलीमा बजारका व्यपारीहरुलाई ध्म्क्याउने, तर्साउने तथा हरेक बजारको दिन व्यपारीहरुलार्य अव्यवस्थित रुपले यताउता सार्ज लगाई मानसिक रुपमा दवाव दिएको कार्यलाई समेत भ्रत्र्सना गरको विज्ञप्तीमा उल्लेख छ ।
विगतका दिनहरुमा दोहमना बजार व्यवस्थापन समिति गठन गर्दाको नजिर अनुसार सम्बधित बजार परिसर मै बसेर स्थानिय जनताको सहभागितामा गठन गरिने भएकोमा त्यसलाई वास्तै नगरी कुनै गोप्य कोठामा बसेर आफु खुशी एकलौटी रुपमा आफ्नो व्यक्तिगत र पार्टीगत स्वार्थलाई सर्वोपरी ठानी राष्ट्रिय नियम विरित बनाइएको बजार व्यवस्थापन समितिमा तपाईहरुको गलत कार्यको साक्षी बन्नको निमित्त राजनैतिक दलहरुले प्रतिनिधि पठाउनुको कुनै औचित्य नभएकाले सो व्यवस्थापन समितिमा हाम्रो सहभागिता नरहने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।
उक्त दोहमना बजार व्यवस्थापन कोठे समितिलाई यथासिघ्र भंग गरी सर्वदलिय, सर्वपक्षिय, स्थानिय व्यपारी तथा सरोकार वाला, बुद्धिजीवि आदिको संलग्नतामा पुनः सम्बधित ठाउँमा समिति गठनको जोडदार माग गरेका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]