विराटनगर, मंसिर १९ गते । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भ्रष्टचार (राजश्व रकम हिनामिना) मुद्धामा सम्मानित विशेष अदालत बबरमहल, काठमाण्डौको मिति २०७९ चैत ८ गतेको फैसला आदेशले ७ बर्ष ११ महिना २३ दिन कैद र ४ करोड ३४ लाख ५ हजार ५ सय ९४ रुपैया जरिवाना तोकिई फरार रहेका बिराटनगर महानगरपालिका–३ का मणिराज दाहाल, ६ बर्ष कैद र १ करोड १ लाख ६५ हजार ८ सय १२ रुपैया जरिवाना तोकिएका कुमार बहादुर कटुवाल रहेका छन्  ।
त्यसैगरी ९ बर्ष कैद र २८ करोड १५ लाख ९३ हजार ८ सय ८४ रुपैया जरिवाना तोकिएका टिकाराम अधिकारी, ८ बर्ष ६ महिना कैद र २२ करोड ४५ लाख २७ हजार ६ सय ७६ रुपैया जरिवाना तोकिई फरार रहेका देवराज नेपाल र ८ बर्ष कैद र १२ करोड ३५ लाख २९ हजार ३ सय ४२ रुपैया जरिवाना तोकिएका बिराटनगर–४ का नयराज नेपाललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको थियो ।
पक्राउ परेका उनिहरुलाई सम्मानित मोरङ जिल्ला अदालतमा उपस्थित गराईएकोमा तिकिएको कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारगार मोरङ पठाईएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]