विराटनगर, मंसिर १८ गते  । कोशी प्रदेशको राजधानी विराटनगरमा रहेको प्रदेशकै सब भन्दा ठूलो सरकारी स्तरको कोशी अस्पतालमा पनि न्यूरो सम्बन्धी उपचार भई रहेको छ ।
चोट पटक लाग्ने, दुर्घटनामा परी घाईते हुनेहरुलाई उपचारको लागि निजी अस्पतल मध्ये न्यूरो सम्वन्धी उपचार गर्ने अस्पतालमा प¥याउने गरिन्छ तर कोशी अस्पतलमा न्यूरोको उपचार हुँदैन जुन सोचाई छ त्यो सर्वथा गलत छ । कोशी अस्पतलमा पनि न्यूरो सम्वन्धी उपचार भई रहेको न्यूरो सर्जन डाक्टर चन्द्र प्रकाश यादवले वताएको छ ।
सुनसरी जिल्लाको दुहबी नगरपालिका सोनापुर घरभएका ९४ वर्षीय वृद्ध देवी प्रसाद पोखरेलको टाउँकोमा चोट लागेर रगत जमेर दुई हप्ता अगाडि गम्भीर घाइते भएका थिए । आर्थिक अवस्था नाजुक भएका पोखरेल परिवारले उपचार गर्न खर्च नभएपछि कोशी अस्पतालमा कार्तिक ३० गते उपचारको लागि भर्ना गरेका थिए । परिवारको सल्लाहमा रिक्स मोलेर वृद्ध पोखरेलको टाँउको सफल न्यूरो सर्जरी गरेपछि सो कुरा डाक्टर यादवले सार्वजनिक गरेका हुन् ।

देवीप्रसादको टाउँकोमा लडेर चोट लागेपछि दुःखेर असह्यै पीडा हुन थालेपछि उनका छोरा नगेन्द्र पोखरेलले कोशी अस्पतालको ओपीडीमा उपचार गराउन ल्यएको थियो । ९४ वर्षिय वृद्ध बुबाको टाँउको अपरेशन गर्नु भन्दा घर लानु भन्ने सवैको सल्लाह थियो तर डाक्टर यादवले अपरेशन गरेर ठीक हुन सक्छ तपाईहरु अपरेशन गर्नु भन्नु हुन्छ भने म रिक्स लिएर पनि अपरेशन गछु भनेपछि डाक्टर यादवको टीमले टाउँकोको शाल्यक्रिया गरेका थिए । शाल्यक्रियापछि पोखरेल पहिलेकै अवस्थामा फर्किएपछि हामी सम्पुर्ण परिवारका सदस्यहरु हर्षित भएका छौ पोखरेका छोरा नगेन्द्र पोखरेलले वताए ।
९४ वर्षिय वृद्ध बुवाको आस मारि सके अवस्थामा कोशी अस्पतालका डाक्टरहरुको प्रयासले अहिले बुबाको पुन ः जन्मभएको वताउँदै अस्पतालका न्यूरो सर्जन डाक्टर यादव सहितका टीमलाई धन्यवाद दिएका थिए ।


आर्थिक अवस्था कमजोर भएका कारण पिडीत देवीप्रसादको उपचार अस्पताल प्रशासनले निःशुल्क शल्यक्रिया गरिदिएको छ । कोशी अस्पताल भन्दा अन्य अस्पतालमा टाउँकोको न्यूरो सम्बन्धी उपचार गर्दा एक त वृद्धको शाल्य क्रिया नै गर्दैन थियो । अर्को कथन कदाचीत शल्यक्रिया गरेको भए ५ लाख भन्दा बढी खर्च लाग्ने अस्पतला स्रोतले वताए ।
कोशीअस्पतालका न्यूरो सर्जन डाक्टर यादवको नेतृत्वको टोलीले पोखरेको एक हप्तादेखि नियमित हेरचाह गर्दैआई रहेका थिए । एक पटक गौ दान गरी सकेका देवी प्रसादको ठाउँकाको दुवैपट्टी रग्त जमेर मृत्युशैया वरण गरिसकेको अवस्थामा ढेड घण्टा लगाएर सफल शल्यक्रिया गरेर बचाउन सफल भएको न्यूरो सर्जन डा.यादवले वताए । कोशी अस्पतालमा न्यूरो सम्वन्धी शाल्यक्रियाको लागि जनशक्ति लगनयत प्राविध सुविधाहरु भएमा सस्तोमा जटिल न्यूरो सम्वन्धी समस्याका विरामीहरुको उपचार गर्न सकिने डाक्टर यादवको भनाई छ ।
बिरामी पोखरको मंसिर ११ गते मंगलवार डिस्चार्ज भइ घर गई सकेको छ । बिरामी अहिले खान, बस्न र हिडडुल गर्न सक्ने भएका छन् । अस्पतालमा न्यूरो सेवा प्रदान गर्न न्यूरो सर्जरी वार्डमा मेडिकल अधिकृत र नर्सहरुको आवश्यकता छ ।
त्यससँगै थप उपकरणहरुको पनि आवश्यक रहेको वताउँदै अस्पतालमा टाउँकाको सिस्टहरू निकाल्ने गरिएको थियो । टाउँको खोलेर मतिष्कमा गाडिएको हड्डी निकाल्ने शल्यक्रिया गरेको थियो । अहिले न्यूरो सर्जन डा.यादवको नेतृत्वको टोलीले टाउँकोमा रतत जमेको ९४ वर्षीय वृद्धको सफल शल्यक्रिया गरेका छ । कोशीमा न्यूरो सर्जरीको सेवाहरु अहिले संचालनमा रहेको छ । कोशीमा न्यूरो सर्जन एक जनाको दरबन्दी छ । थप जनशक्ति र पर्याप्त उपकरणहरु भए ब्रेन ट्युमरको शल्यक्रिया देखि मेरुदण्डसम्मको उपचार गर्न सकिने त्यसको लागि आईसीयू कक्ष आवश्यक रहेको डाक्टर यादवको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]