विराटनगर, मंसिर १७ गते । धनपालथान गाउँपालिका–४ कर्सिया बजार स्थितबाट आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्तिजन्य पदार्थ (भोला÷गुट्खा) को पाकेटमा प्रयोग गरीने आन्तरिक राजस्व विभागको अन्तःशुल्क स्टिकरको दुरुपयोग भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय सुनिल कुमार राजवंशीलाई शनिवार पक्राउ गरिएको थियो ।
राजवंशीको केशव किराना पसलबाट रेडि मेड तामाकू लेखिएको अन्तःशुल्क स्टिकर ३ हजार १ सय ४० थान बरामद गरेको थियो । संचालक राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय बिराटनगरमा बुझाइएको इलाका प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]