काठमाडौं । जुत्तामा आचार्य नाम उल्लेख गरी जुत्ता उत्पादन गर्ने कम्पनीका बिरुद्धमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले आपत्ती जनाउँदै प्रहरीमा उजुरी दिने निर्णय गरेको छ ।
आचार्य समाजको काठमाडौंमा बसेको बैठकले उक्त जुत्ता कम्पनीविरुद्धमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कारबाहीका लागि निवेदन दिने निर्णय गरेको हो । समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले सामाजिक सञ्जालमा भाईरल हुनेगरी बुष्टसमेत गरेर प्रचार गरिएको जुत्ता कुन कम्पनीले उत्पादन गरेको हो वा प्रचार सामाग्रीमा आचार्यहरुको मानमर्दन हुनेगरी किन राखिएको हो भन्ने विषयमा पत्ता लगाएर कारबाहीको माग गरिने बताए ।
उनले भने जुत्तामा राखिएको आचार्यहरुको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुनेगरी नाम राख्ने कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग पनि गरेको जानकारी दिए । यस्तै बैठकले कम्पनीलाई प्रहरीले कारबाही नगरे अन्य कानुनी प्रकृया अपनाउने निर्णय गरेको छ ।
यस्तै आचार्य समाजका अगुवाहरुले अदालतमा क्षतिपूर्ति माग दाबीसहित निवेदन दिनुपर्ने, अन्तर्राष्ट्रिय अदालतमा मुद्धा दिनुपर्ने लगायतका विषय उठाएका छन् ।
प्रहरीमा उजुरी दिनका लागि अधिवक्ता मुक्ति आचार्यलाई जिम्मा दिइएको आचार्य समाजले जनाएको छ । उक्त कम्पनीले टिसर्टमा पनि आचार्य नाम राखेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]