विराटनगर, कार्तिक १६ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने पसल संचालक र निषेधित औषधी खरिद गर्ने २ जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बराहक्षेत्र–५ कालाबन्जार स्थित रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने पसल संचालक स्थानिय ५० बर्षिय विनय चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका–८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका–३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो ।
उनिहरुको साथबाट प्रहरीले निषेधित औषधी हाईड्रोक्लोराईड र फिलिपरिन हाईड्रोक्लोराईड एन्टी कफ टेवलेट ११८१ र ३४ क्याप्सुल तथा म्याद गुज्रिएको सिरप २० पिस, क्रिम १९ पिस र क्याप्सुल तथा ट्याब्लेट गरी ६५ पिस बरामद गरेको छ ।
निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्रि बितरण तथा खरिद गर्ने उनिहरुलाई औषधी सहित पक्राउ गरी आवश्यक कारवाहीको लागि औषधी व्यवस्था बिभागको कार्यालय बिराटनगरमा बुझाईएको छ ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]