विराटनगर, असोज २५ गते । आफूलाई प्रहरी हँु भन्दै एकजनाको मोटरसाईकल रोकी धाकधम्की दिई लुटपाटमा संलग्न रहको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।
घटनाको विवरण अनुसार जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ रानी बस्ने रवि कुमार साह सुडी मोरङको रानीबाट बिराटनगर तर्फ मोटरसाईकलमा आउने असोज २२ गते विराटनगर–११ रोडसेस स्थितमा पुग्दा मोटरसाईकलमा पिछा गर्दै आएका तत्काल अपरिचित २ जना मानिसले रवि कुमार साहले चलाई ल्याएको मोटरसाइकल रोकी हामी प्रहरी हौं भनेरे साहको मोटरसाईकलमा बसी विराटनगर २ स्थित हनुमान मन्दिर परिषरमा लगि धाकधम्की दिई साहले साथमा ल्याएको नगद समेत राखेको ब्याग लुटी फरार भएको थियो ।
परार भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले खोजतलाश गर्दा असोज २४ गत जिल्ला मोरंग विराटनगर महानगरपालिका वडा नं. १ पानी टंकीो दिपक तामाङ र असोज २५ गते वडा नं.–४ खार्जीको सुनिल थापालाई विराटनगर महानगरपालिका वडा नं.–१ धनावतपुल नजिक बाटोबाट घटनामा प्रयोग भएको मोटरसाइकल सहित पक्राउ गरिएको छ ।
पक्राउ परेकाहरुको घरकोठा तलासी गर्दा बिराटनगर १ स्थितबाट बा ६७ प २५०४ नं. को रोयल इनफाइल्ड मोटरसाइकल थान १, दिपक तामाङको घरको दराज भित्र लुकाएर राखेको ५ लाख ६५ हजार नगद, कालो रंगको झोला थान १ सो झोला भित्र रविकुमार साहको नागरीकता थान १, रविकुमार साहको नामको बैंकको चेकबुक, एटिएम थान ३, मोवाइल थान १, मोटरसाइकलको ब्लुबुक थान १, र सुनिल थापाको घरबाट ३ लाख बरामद भएको छ ।
पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान भई रहको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]