श्याम सुन्दर सुतिहार
विराटनगर, भाद्र ७ गते । कोरोना भाइरस (कोभिड–१९) को कारण देखाउँदै नेपाल सरकारले निरन्तर लकडाउन र निषेधाज्ञा जारी गरेकोले आम सर्वसाधारण नेपाली जनता घरमै बसी–बसी अहिले रोजी रोटीमै समस्या देखिन थालेको छ ।
चीनको वुहानवाट डिसेम्वरमा सुरु भएका कोरोना भाइरस (कोभिड–१९) को पहिलो संक्रमण नेपालमा माघ १० गते देखिएको थियो ।
त्यसैगरी पहिलो संक्रमित भेटिएको ठिक दुई महिनापछि चैत १० गते दोस्रो संक्रमित भेटिए । फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीमा मन्त्रालयले कोरोना पुष्टि गरेको थियो ।
दोस्रो कोरोना संक्रमण पुष्टी भएपछि नेपाल सरकारले चैत ११ गते देखि देशभरी नै लकडाउन र निषेधाज्ञा थप्दै आएको छ । पहिलो संक्रमित भेटिएको ८ भित्र नेपालमा कोरोना संक्रमितको संख्या ह्वातै वढेर ३१ हजार १ सय १७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ ।
शुरुमा संक्रमितको संख्या बढ्दै गएपछि हरेकको मनमा कोरोनाको ठूलै त्रास थियो । मानिसहरु घरबाट बाहिर निस्कन पनि धेरै पटक सोच्ने गर्थे । देशमा आर्थिक संकटवाट जोगाउन सरकारले राजश्व संकलनको लागि अषाढ महिनामा लकडाउन हटाएपछि सरकारको राजश्व त संकलन भयो तर संक्रमितको संख्या थपिएर सरकार थेग्ने अवस्थमा छैन ।
अहिले नेपालको ४ दर्जन जिल्लाहरुमा स्थानीय तहहरुले आ–आफ्नो जिल्लामा निर्णय गरी लकडाउन र निषेधज्ञा जारी गरेको छ । जसले गर्दा देश भरीका उद्योग, कलकारखाना, दैनिक ज्यालादारी काम, यातायात सवै ठप्प परेकोले आम नागरिकको दैनिक जीवन आपनमा समेत समस्या परेको छ ।
रोजी नै बन्द भएपछि रोटी कहांवाट आउँछ ? प्रश्न गर्दै ‘नेपाल सरकारले ६ महिना देखि निरन्तर लकडाउन र निषेधाज्ञा गर्दै आएको छ समान्य ज्यालादारी गरी घर व्यवहार चलाउनेहरुको दैनिकी जीवन संकटमा परिसको छ सरकारले एक पटक १० किलो चाम राहत वितरण गरेका थियो । त्यसपश्चात आम सर्व–साधारण दैनिकी जीवन कसरी जल्दै छ कुनै पनि जनप्रतिनीधि खोजवीन गरेका छैन भन्दै’ विराटनगर निवासी पुनम कर्णले दुखेसो पोखे ।
कोरोना संक्रमणको रोकथामका लागि लकडाउन एकमात्र विकल्प भएपनि नेपाल जस्तो विकाससन्मुख मुलुकमा दैनिक कमाएर खानेको संख्या धरै भएकाले लकडाउनको विकल्प सोच्नु पर्ने अवस्था आएको र सामाजिक दुरी कायम गर्दै दैनिक काम गर्ने वातावरण र्सिजना गर्नु पर्ने दैनिक ज्याला मजदुरी गर्ने वातावरण वनाउनु पर्ने जहदा गाउंपालिकाको आमोद मण्डलको भनाई छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]