विराटनगर, असोज ११ गते । मोरंगको धनपानलथान गाउँपालिका वडा नं. ४ कर्सिया बजारमा रहको स्वास्थ्य चौकी कर्सिया र सोही भवनमा संचालनमा रहेको बर्थिङ सेन्टरको वेहाल अवस्था रहेका कारण स्वास्थ्य सेवा र प्रसुति सेवा लिनेहरुको सख्या न्यून रहको छ ।
स्वास्थ्य चौकी कर्सियामा समय अवधि सकिन लागेको औषधी राखेको, आम जनताले उपचार गर्न आउँदा औषधी नपाएको र बर्थिङ सेन्टर २४ सै घण्टा स्वास्थ्य कर्मी नरहेको गुनासो आएपछि केही पत्रकार साथी सहित पुग्दा कार्यालय प्रमुख राम नारायण यादव बसेकै अध्यारो कोठामा औषधीहरु समेत स्टोर गरेर राखेको थियो । स्टोरमा राखेको औषधी हेर्दा एउटा औषधीको समय अवधि सकेको औषधी समेत राखेका भेटियो ।
प्रसुति गराउने कोठा, ओपीडी कोठा र औषधी वितरण गर्ने कोठाहरु समेत अव्यवस्थित रहनुका साथै औषधी वितरण गर्ने कोठा छोडरे स्वास्थ्य चौकी भवनको मुल गेटमा टेबुल लगाएर औषधी वितरण गरी रहेको अवस्था रहको छ । स्वास्थ्य चौकी र बर्थिङ सेन्टर आफै विरामी भएको अवस्था र वेतिथीकै कारण आम नागरिक उपचार गर्न नआएको स्रोतको दावी छ ।
बर्थिङ सेन्टरमा चौवीसै घण्टा प्रसुति सेवा दिनुपर्नेमा कार्यालय समयमा मात्र स्वास्थ्य कर्मी बसेको र अनकल डिउटी गरी रहेको अनमी पार्वती साहले वताए । प्रसुति सेवा २०७९–०८० मा जम्मा २४ जना र २०८०–८१ मा जम्मा ३ जनालाई सेवा प्रदान गरको तथ्याँक छ । तथ्यांक बाट प्रष्ट हुन्छ कि स्वास्थ्य चौकी र बर्थिङ सेन्टरको व्यवस्थापन, स्वास्थ्य कर्मी, स्वास्थ्य शाखा प्रमुख र गाउँपालिकाका जनप्रतिनिधी समेतको लापार्वाहीले गर्दा धनपालथानका नागरिकले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने र आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित रहेको छ ।
स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा स्वीपर र कार्यालय सहयोगी गरी जम्मा ९ स्वास्थ्य कर्मी रहेको अवस्थामा किन यस्तो वेहान भन्ने प्रश्नमा कार्यालय प्रमुख यादवले अव्यवस्थीत भएको स्वीकार गदै व्यवस्थीत गर्ने भन्दै नेपाल सरकारवाट निशुल्क पाउने औषधी मध्ये ३५–४० प्रकारको औषधी मात्र उपलब्ध रहको त्यसमा पनि नियमित प्रयोगमा आउने सिप्रोफ्लाक्सीन, पारासिटामोल झोल, एमोक्सलिन लगायत १०–१५ किसिमको औषधी गाउँपालिकाले उपलब्ध नगराउँदा औषधी अभाव भएको वताए ।
यस सम्बन्धमा धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा वानुसंग बुझ्दा वहाँले भने धनपालथान गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठ तालिमको सिलशिलामा काठमाण्डौमा रहेको यस सम्वन्धमा तत्काल अनुगमन गरी त्यस्तो पाईए कारवाही गर्ने वताए
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]