बिराटनगर, असोज १० गते । विरामी बोक्ने एम्बुलेन्समा लागुऔषध गाँजा तस्करी गरको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरको छ ।
मोरङ विराटनगर महानगरपालिका–१८ लाभाघाट स्थितमा गाँजा बोकेको एम्वुलेन्स सहित चालकलाई मंगलवार राती प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को.१ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको थियो ।
लागऔषध गाँजा बरामद भए संगै राजन अधिकारी फाउण्डेसन धरान द्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बीआर ३८ एफ ०३३६ नम्वरको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर–१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६.५ किलोग्राम गाँजा समेत बरामद गरेको छ ।
लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]