महेश सिंह
सिरहा लहान भदौ ३१ गते । सिरहाको धनगढीमाई नगरपालिकाको नयनपुर अस्पतालमा कार्यरत नेपाल सरकारको स्थाई कर्मचारी जनस्वास्थ निरीक्षक स्वास्थकर्मी सलिना कुमारी महतो अपहेलित भएकी छिन ।
स्वास्थ शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थय सेवा सरुवा ऐन नियमावलीमा २ बर्षसम्मको बच्चा रहेको महिला कर्मचारीलाई २ बर्ष भित्र सहमति बिना सरुवा वा काज सरुवा गर्न नमिलने ब्यवस्था ऎनमा प्रष्ट भएपनि स्वास्थ शाखा प्रमुख बिशेश्वर प्रसाद यादवले स्वास्थयकर्मी महतोलाई २०७९ भदौ ६ गते दुधे बच्चा अर्थात सानो बच्चा रहेकै परिस्थितिमा बिना सहमतिको हनुमाननगर स्वास्थय चौकीमा काज फिर्ता गरी काम गरी रहदा पुनः सरुवा गरेको हो।
राजनीति पुर्वाग्रह भइ गलत मनसाईले पटकपटक सरुवा गर्न लागेका छन् । काखे बच्चालिए अप्ठ्यारो हुने र टाडा हुने स्वास्थय संस्थामा सरुवा गर्ने गरेका स्वास्थयकर्मी सलिना कुमारी महतोले आरोप लगाएका छन् ।
पटकपटक ऐन बिपरित कार्य गर्दै आएको पीडित महतोले आरोप लगाएका छन्। महिला भएर आफुलाई हेला र अपमान गर्ने गरेको छ ।
स्वास्थ शाखा प्रमुख बिशेश्वर प्रसाद यादव, राम शंकर चौधरी, रामबिलास चौधरी लगायतका स्वास्थ कर्मी सहकर्मी सलिना कुमारी महतोलाई पटकपटक मानसिक तनाव दिने र दूरब्यवहार गर्ने गरेको छ ।
यस्तो दुर ब्यवहार गर्ने प्रमुख लगायतका अपमान गर्ने गिरोहलाई छानबिन गरी कानुनी कार्बाहीको लागी पीडित महिलाले जिल्ला प्रशासन कार्यालय सिरहामा गुहार गरेकी छन ।
पीडित महिला न्यायको लागी धनगढीमाई नगरपालिकाको नगर प्रमुख शिवशंकर महतो उप-प्रमुख संगिता चौधरी,प्रमुख प्रशास्किय अधिकृत गोपाल प्रसाद वगाले स्वास्थय शखा प्रमुख बिशेश्वर प्रसाद यादव समेत लिखित रूपमा न्यायको लागी निवेदन पेस गरेपनि कुनै चासो सुनवाइ नलिएको पीडित हरेस खाएर एक हप्ता धार्ना र अहिले कार्यालयमा अनसनमा बसेकी छिन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]