बिराटनगर, भाद्र २९ गते । मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको सुन्दरहरैचा नगरपालिका–३ त्रिवेणी चोकमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय नेत्र बिनोद भट्टराईलाई ५१ ग्राम ६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजार सहित पक्राउ गरेको थियो ।
त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका–११ गिरी बन्धु टि–स्टेटको चिया बगानबाट सुनसरीको ईटहरी–१७ का २६ बर्षीय भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका ३० बर्षीय शुशिल तामाङ २१० मिलिग्राम लागुऔषध सहित पक्राउ परेको थियो ।
सोही दिन अर्जुनधारा नगरपालिका–११ का ४० बर्षीय बिनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको थियो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]