विराटनगर, भाद्र २५ गते । किड्स हेभेन स्कुल मोनटेश्वरीका बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइएको छ ।
विराटनगर महानगरपालिा वडा नं. १० तिनटोलिया शान्ति चौकमा रहको किड्स हेभेन मोनटेश्वरी स्कलमै पुगेर त्यहाँका बालबालिकाहरुलाई स्वास्थ्य कर्मीहरुले दादुरा–रुबेला विरुद्धको खोप लगाएको हो ।


मोनटेश्वरीमा पढ्ने बालबालिकाका अभिभावकको निगरानीमा दादुरा–रुबेला विरुद्धको खोप लगाएको मोनटेश्वरीका प्रमुख श्वेता सिंहले जानकारी गराए ।
दादुरा–रुबेला खोप ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई लगाइनेछ। शिशु अवस्थामा रहेका आफ्ना सन्तानलाई अझै पनि धेरै अभिभावकहरुले नियमित सबै खोप लगाउने गरेका छैनन् ।


नेपाल सरकारले पहिलो पटक सन् २०१९ मा र त्यसपछि सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो । तर कोभिड–१९ महामारीका कारण २०२३ मा निवारण गर्न नसक्ने जनाएपछि सन् २०२६ सम्म निवारण गर्ने लक्ष्य लिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]