रथयात्रा शंकास्पद गतिविधीमा संलग्न ३२ भारतीय र ६ नेपाली प्रहरीको नियन्त्रणमा
विराटनगर, भदौ २१ गते । विराटनगरको राधाकृष्ण मन्दिरवाट निकालिएको ५५ औं संसकरणको रथयात्राको क्रममा शंकास्पद गतिविधीमा संलग्न ३२ जना भारतीय र ६ जना नेपालीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलील े नियन्त्रणमा लिएका छन् ।
शंकास्पद गतिविधीमा संलग्न मध्ये ३० जना पुरुष र ८ जना महिला रहको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । नियन्त्रणमा लिएको ३८ जना व्यक्ति उपर थप अनुसन्धान भई रहको छ ।

रथयात्रा राधा कृष्ण मन्दिर विराटनगर तीनपैनीको प्रांगणवाट आज करीब ३ बजे निकालिएको थियो । उक्त रथयात्रा तीनपैनी, सेन्ट्रल मल, सत्यनारायण मन्दिर, जलजडा मोड, काली मन्दिर, पंचमुखी हनुमान मन्दिर, ट्राफिक चौक, रोडशेष चौक, महेन्द्र चौक, शनिमन्दिर, विजुली अफिस, बरगाछी हुँदै राधाकृष्ण मन्दिर पुगेका थिए । रथयात्रा नेपार र भारत गरी करीब ५ लाख भन्दा वढी श्रद्धालु भक्त जनहरुले रथयात्रा अवलोकन गरिएको अनुमान गरिएको छ
राधाकृष्ण रथयात्रा एशियाको दोस्रो ठूलो रथयात्रा हो । पहलो रथयात्रा भारतको जगरनाथ पुरीमा हुने गर्दछन् । विराटनगरको स्थानीय वासीहरुले वि.स १९८८ सालमा खट यात्राको रुपमा शूरु गरिएको थियो । वि.स. २०२५ साल देखि रथयात्रामा परिणत गरिएको थियो । आज गरिएको खट यात्राको ९२ औं संस्करण हो भने रथयात्राको ५५ संस्करण रहेको आयोजकले वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]