विराटनगर, भाद्र २० गते । राधा कृष्ण मन्दिर विराटनगर तीनपैनीको प्रांगणवाट भोली निकालिने रथयात्रामा सहभागी हुने सम्पुर्ण सहभागीहरुमा जिल्ला प्रहरी कार्यालय मोरंगले अुरोध सहित ११ बुद्धे सुझाव जारी गरका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने भन्दै अनुरोध र सुझाव जारी गरको हो ।
राधाकृष्ण रथयात्राको अवसरमा लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने तथा रथयात्राका क्रममा भागदौड मच्चिई मानविय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेकोले प्रयाप्त मात्रामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था गरेको छ ।
प्रभावकारी सुरक्षा व्यवस्थाको लागि समारोहमा सरिक हुनुहुने सहभागीहरुबाट समेत महत्वपूर्ण योगदान पुग्न सक्ने भएकोले यस रथयात्राका क्रममा उपस्थित हुनु हुने सम्पूर्ण सहभागीहरूमा जिल्ला प्रहरी कार्यालय मोरङ निम्न सजगता अपनाउन हार्दिक अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरंगको ११ अनुरोध ः
१. बहुमुल्य गरगहनाहरू लगाई समारोहमा नआउनु हुन ।
२. अधिक नगद र बहुमुल्य सामाग्रीहरू साथमा नल्याउनु हुन ।
३. रथयात्राको मार्ग (राधाकृष्ण मन्दिर –तिनपैनी चोक, ट्राफिकचोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, भृकुटी चोक , बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर) र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगरी दिनु हुन ।
४. सवारी साधनहरूमा ह्याान्डल लक, ह्विल लक लगायतका सुरक्षाका अतिरिक्त विधिहरु समेत अपनाई सीसीटीभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गरी दिनु हुन ।
५. आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउनु हुन ।
६. बृद्ध बृद्धाहरूले साथमा सहयोगी लिएर मात्र आउनु हुन ।
७. भिडभाडको फाईदा लिई महिला तथा बालबालिकाहरू माथि हुनसक्ने दुर्ब्यवहार प्रति सजग रहन हुन ।
८. घरका सवै सदस्यहरु एकैपटक घरबाट ननिस्की आलो–पालो गरेर मात्र आउनुहुन ।
९. घरबाट सवै सदस्यहरु एकै समयमा बाहिर जानुपर्दा बलियो संग ढोका बन्द गरेर मात्र जानुहुन ।
१०. तपाईको छेउमा रहेको जुनसुकै व्यक्ति संकास्पद व्यक्ति हुन सक्ने भएकोले हर हमेसा चनाखो रहनु हुन ।
११. कुनैपनि प्रकारको चोरी, लुटपाट, दुर्ब्यवहार लगायतका समस्या भएमा वा कसैको गतिविधि संकास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिनु हुन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]