विराटनगर, भदौ १० गते । मोरङको धनपालथान गाउँपालिका वडा नं. २ मा कुशमाहमा रहेको यूवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा साही गाउँपलिका वडा नं. १ नोचाको पारस मण्डल, वडा नं. ७ कदमाहको रोशन मण्डल र सोही ठाउँको विशाल कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
सहकारी संस्था लिमिटेडको कार्यालयमा श्रावन ३२ गते ढोकामा लगाइएको ताला फुटाइ नगद ५० हजार र दुइ थान ल्यापटप चोरी गरेको प्रहरीले जनाएको छ । ‘सहकारीको सेफ फुटाइ नगद र ल्यापटप चोरी गरेको पाइएको छ,’ डिएसपी दाहालले भने, ‘अहिले अनुस्न्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’
चोरी आरोपमा पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय रंगेली र मातहत प्रहरी चौकी अमाही बरियातीबाट खटिएको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका तीन जनालाई इप्रका रंगेलीले आइतबार मोरङ अदालतमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]