विराटनगर, भदौ ९ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुलुक अहिले राजनीतिक चंगुलमा फसेको वताएका छन् ।
बुढीगंगा गाउँपालिका वडा नं. १ पुष्पलाल चोक स्थित महिला जागृती तथा बृद्धा आश्रमको १५ औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा वताएका हुन् । राजनीतिक अस्थिरताका कारणले देशमा कुनै पनि कार्य सफल हुन नसकेको खापुङले दावी गरेका छन् ।
राजनीतिक चंगुलमा परेको मुलुकलाई सुधारणका लागि विभिन्न धर्महरुको बीचमा एकता कायम राखन आवश्यक रहेको भन्दै राजनीतिक अस्थिरताका कारणले अहिले देशमा विभिन्न आरजक्ता लगायत धार्मीक हस्तक्षेप भइरहेको उल्लेख गर्नुभयो ।


मुलकमा अराजनीतिक तत्वहरु समाजमा प्रवेश भईरहेको छ, यस विषयमा नेपालीहरु गम्भीर भएर चिन्ता र चर्चा गर्नुपर्ने, अहिले सम्म हाम्रो समाज मिलेर बसेको छ, यो भन्दा पनि गाढा सम्बन्ध बनाएर बसन उहाँले आग्रह गरेका थिए ।
महिला जागृती तथा बृद्धा आश्रमले गर्दै आएको मानवसेवाको काम निकै नै सराहनीय रहेको प्रशंसा गरेका थिए ।
कार्यक्रममा आश्रमकी अध्यक्ष भुवनेश्वरी आचार्यले मनकारी सहयोगी हातहरुको सहयोगले आश्रममा आश्रित आमाहरुका लागि भवन निर्माण, खाद्यन्न लगायत स्वास्थ्य उपचारमा सहयोग गरेको जानकारी गराए ।
आश्रमका प्रमुख संरक्षक रेवत बहादुर कार्कीले मानव कर्मका लागि थोरै भएपनि बृद्धा आश्रमलाई सहयोग गर्न सबैलाई आग्रह गरेका थिए ।
कार्यक्रममा समाजसेवी देवकिसन मुण्दडा, विजेन्द्र कुमार कर्ण, फडिन्द्र थापा लगायतलाई दोसला कदर–पत्रले सम्मान गर्नुका साथै आश्रममा आश्रित ५ जना आमाहरुलार्य समेत दोसल्ला ओढाएर सम्मान गरका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]