विराटनगर, भदौ ८ गते । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका मोरंगका दईवटा मेडिकल कलेज सहित २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ ।
कोशी प्रदेशको राजाधी विराटनगरमा रहेको नेपाली कांग्रेस सांसद् सुनिल शर्माको नोबेल मेडिकल कलेज र बुढीगंगा गाउँपालिकाको टंकीमा रहको विराट मेडिकल कलेज एण्ड रिसर्च सेन्टर सहित २६ वटा स्वास्थ्य सेवा प्रदान गरी रहेका अस्पतालहरुलाई वीमा कार्यक्रमवाट हटाएको हो ।
स्वास्थ्य बीमा बोर्डसँग विभिन्न मितिमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २ मा भएको परिभाषा अनुसारका अस्पतालहरूले सोही ऐनको दफा ९ मा भएको व्यवस्था बमोजिम सम्झौता गरी सम्झौताको अवधि बाँकी छदै आ.व. २०७९÷०८० को बजेट बक्तव्यपश्चात सूचना टाँस गरी सेवा स्थगन गरेका स्वास्थ्य संस्थाहरू उक्त सूचीमा परेका हुन् ।
त्यससैगरी नेपाल सरकारको बजेट बक्तव्यले निर्दिष्ट गर्नु भन्दा अगावै स्वास्थ्य बीमा ऐन अनुसार सम्झौता भएका तर आ.व. २०७९÷०८० को बजेट बक्तव्यपछि अस्पतालहरूको सम्झौता अवधि समाप्त भई पुनः नविकरण नभएका वा हुन नसकी स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्थाहरू र लामो समय सम्म सम्झौता नवीकरण नगरेका स्वास्थ्य संस्थाहरूलाई सेवा प्रदायक संस्थाहरूको सूचिबाट हटाउने निर्णय गरिएको हो ।
स्वास्थ्य बीमा बोर्डको गत साउन ३२ गतेको बोर्ड बैठकले हटाएका अस्पतालका सूची यस प्रकार रहको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]