विराटनगर, भाद्र ७ गते । सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बुधवार प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिडीरहेका झापाको मेचिनगर नगरपालिका–१४ का २२ बर्षीय अजय राजवंशि र मेचिनगर नगरपालिका–१२ का २२ बर्षीय समिर धिमालको साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित निजहरुलाई नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी वडा प्रहरी कार्यालय धरानले प्रतिबन्धीत औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुल सहित सुनसरीको धरान नगरपालिका– १० की १९ बर्षीया श्रदा क्षेत्री, बर्ष २३ का किसन राई, बर्ष १५ का गोपाल क्षेत्री र १७ बर्षीञ उत्सब बि.क. लाई उक्त परिणामको अबैध लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।
यसका साथै अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीको टोलीले झापाको झापा गाउँपालिका–६ घर भई हाल धरानको भोटेपुलमा होटल संचालन गरी बसेका ६४ बर्षीय दिल बहादुर कार्कीलाई शंका लागी चेकजाँच गर्दा निजको सुत्ने कोठा भित्रबाट स्पास्मोप्रोक्सिबन १०० ट्याब्लेट बरामद गरेको थियो ।
अबैध लागुऔषध सहित पक्राउ परेका सातै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भई रहेको छ ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]