विराटनगर । कोशी प्रदेश सरकारको मुख्य मन्त्रीमा अवैद्धानिक तरिकाले विश्वासको मत लिएको उद्धव थापा नेतृत्वको सरकार बर्खास्त गरि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बुधवार रिट दायर गरिएकोे छ ।
भाद्र ४ गते सोमवारका दिन थापाले विश्वासको मत लिदा सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै नेकपा एमालेले परमादेशको माग गर्दै रिट दर्ता गराएको हो ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले संविधान विपरित सभाध्यक्ष इस्राइल मन्सुरीलाई मतदान गराएर विश्वासको मत प्राप्त गरेको भन्दै एमालेले सर्वोच्च अदालत पुगेको हो । रिटमा प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री उद्धब थापा, सभाको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सांसद गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाइ रिट दायर गरको छ ।
गैर–संवैधानिक रूपमा विश्वासको मत प्राप्त गरेको भन्दै मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत बदर गरी ठुलो दलको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेतको मागसमेत गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार रिट बिहीबारको लागि पेसीमा चढेको छ सोही दिन सुनवाई हुने भएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]