अक्सिजन प्लान्ट मर्मत नगर्दा बिरामीहरुलाई सास्ती
विराटनगर । कोशी प्रदेशकै सबभन्दा ठुलो कोशी अस्पतालमा रहेको अक्सिजन प्लान्ट मर्मत नगर्दा उपचार गराउन आएका विरामीहरुले सास्ती खेप्नु परेको छ भने अर्को तिर अस्पतललाई लाखौ रकम घाटा लागि रहको छ ।
अक्सिजन प्लान्टलाई साधारण मर्मत गर्दा पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने अक्सिजन प्लान्ट मर्मत नगरी कोशी अस्पताल विराटनगरले निजी कम्पनीसँग अक्सिजन खरिद गरेर ठूलो रकम खर्च गरिर घाटा व्यहोरी रहको छ ।
अस्पतालसँग दैनिक ४ हजार ८ सय किलो अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको प्लान्ट भएपनि विगत केही महिना देखि अस्पतालले निजी कम्पनीसँग दैनिक ५०० किलो अक्सिजन खरिद गर्दै आएको छ । अस्पतालले बिग्रिएको अक्सिजन प्लान्ट मर्मत नगरी विगत १३ महिना देखि निजी कम्पनीसँग अक्सिजन खरिद गर्दा झण्डै ७० लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको छ ।
नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनले २०७८ साल असोजमा १ करोड ७ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्ट निर्माण गरि दिएको थियो । कोभिड–१९ को बेलामा बिरामीलाई अक्सिजन अभाव हुन नदिने उद्देश्यले कोशी अस्पताल परिसर भित्र फाउण्डेउसनले अक्सिजन प्लान्ट निर्माण गरी हस्तान्तरण गरहेको थियो ।
त्यहीबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले उक्त प्लान्टको उद्घाटन गरेका थिए । त्यसपछि अक्सिजनमा आत्मनिर्भर भएको कोशी अस्पतालले गत वर्षको जेठ महिनासम्म प्लान्ट सञ्चालन गरेको थियो ।
कोशी अस्पतालको नयाँ भवन निर्माण गर्ने क्रममा अक्सिजन प्लान्टदेखि अस्पतालका वार्डहरुमा विस्तार गरिएको अक्सिजन पाइपलाइन र बिजुलीको वाइरिङ चुँडिन पुगेको थियो । तुरुन्त अक्सिजन आवश्यक पर्ने भएकोले २०७९ जेठ अन्तिममा निजी क्षेत्रबाट अक्सिजन खरिद गर्न थालेको अस्पतालले बढीमा एक लाख रुपैयाँ भित्रैको खर्चमा चुडिँएको पाइपलाइन र बिजुलीको तार मर्मत गरेर प्लान्ट सञ्चालन गर्न सक्थ्यो । तर, अस्पतालले त्यस तर्फ ध्यान नदिएर निजी क्षेत्रसँग नियमित अक्सिजन खरिद गर्ने कार्यलाई नै प्राथमिकतामा राखेको देखिन्छ ।
प्लान्टबाट दैनिक ४८ किलो क्षमताका १०० सय सिलिण्डर अक्सिजन उत्पादन गर्नसक्ने क्षमता भएपनि अस्पताललाई दैनिक १० देखि १२ सिलिण्डर अक्सिजन पर्याप्त हुने भएकोले सीमित उत्पादन गरिदै आएको थियो ।
तार ल्याएर जडान गरेपछि संचालनमा आउने प्लान्ट नबनाएर ठेक्का मार्फत निजी क्षेत्रबाट अक्सिजन खरिद गरेर अस्पताललाई लाखौं रुपैयाँ व्यभार थप्न अस्पताल प्रशासन लागिपरेको भन्दै कर्मचारीहरुले नै असन्तुष्टि जनाएका छन् ।
अस्पताललाई आवश्यक पर्ने भन्दा बढी दैनिक १ सय सिलेन्डर कोशीमा उत्पादन हुने गरेको दुई वटा प्लान्ट छ । प्लान्ट बिग्रिएर थन्एिको एक वर्ष बितिसक्दा पनि प्रशासनले बनाउनुको साटो ठेक्का लगाएर प्रतिकेजी ३९ रुपैयाँले मासिक सरदर १५ हजार केजी अक्सिजन खरिद गर्दै आएको छ । सोबापत ५ लाख ४८ हजार रुपैयाँ खर्च हुने गरेको छ ।
पाइप बिछ्याएर तार जोडिए पहिला जस्तै गरी शैय्याहरुमा अक्सिजन सप्लाइ हुने थियो । तर, अस्पताल प्रशासनले मर्मतमा ध्यान नदिएर निजी क्षेत्रबाट अक्सिजन खरिदमा लागि परेको देखिन्छ,’ अस्पतालका एक जना कर्मचारीले भने ३५० शैय्याको कोशी अस्पतालमा दैनिक ४ देखि ५ सय केजी अक्सिजन खपत हुने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालले ३९ रुपैयाँ प्रति केजीको दरले शंकर अक्सिजन ग्यास काठमाण्डौंले ठेक्का पाएको छ । शंकर अक्सिजनले कोशी अस्पतालमा आवश्यक पर्ने लिक्युड ग्यास ल्याउने गरेको छ ।
कोशी अस्पतालका मेडिकल सुपरिटेन्टडेन्ट (मेसु) डा. चन्द्रभाल झाले नयाँ भवन निमार्णको क्रममा अक्सिजन प्लान्टको तार काटिएकाले बनाउन लागि परेको बताए । ‘अक्सिजन प्लान्टको तार काटिएपछि ग्यास सप्लाइमा समस्या आएको थियो । पाईपलाईनको समस्यालाई समाधान गरी केही दिनभित्रमा अक्सिजन प्लान्टबाटै अक्सिजन उत्पादन भई सप्लाई हुने वताए । प्लान्ट संचालनमा आएपछि बाहिरबाट अक्सिजन मगाउन बन्द हुने वहांको भनाई छ ।
अक्सिजन प्लान्ट देखि आएको अक्सिजन अस्पतालको आकस्मिक कक्ष देखि पूर्वपट्टि रहेको मेन लाइनमा आएर होल्ड हुने व्यवस्था मिलाएको थियो । त्यसपछि आकस्मिक, अर्थो, कोभिड वाड, आइसियू, मेडिकल र जेनेरल वडामा अक्सिजन जाने सिस्टमको विकास गरिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]