विराटनगर, भाद्र ५ गते । प्रदेश नं. १ मा गएको २४ घण्टामा ९० जना कोरोना संक्रमित थप भएको छ जसमध्ये पुरुष ५१ महिला ३९ जना रहेका छन् ।
कोरोना संक्रमित थप भएका जिल्लागत हेर्दा मोरंग जिल्लामा ४४ जना थप भएको जसमध्ये पुरुष २३ र महिला २१ रहेका छन् । सो मध्ये विराटनगरमा पुरुष १६ र महिला १३ थपिएका छन् । कटहरी गाउँपालिकामा १ पुरुष ५ महिला, धनपालथान गाउँपालिका पुरुष २, सुन्दर हरैचामा ३ पुरुष ३ महिला रहेका छन् ।
त्यसैगरी सुनसरी जिल्लामा २९ जना संक्रमित थप भएको छ । जसमध्ये पुरुष २० महिला ९ रहेका छन् । सुनसरीको बराह क्षेत्र गाउंपालिकामा १ पुरुष बर्जूमा २ पुरुष २ महिला, धरानमा १ पुरुष, दुहवीमा १२ पुरुष २ महिला, इनरुवामा १ महिला, इटहरीमा ४ पुरुष १ महिला, मधेलीमा १ महिला, देवानगंज गाउँपालिकामा १ पुरुष र कोशी गाउंपालिकामा १ पुरुष रहेको छ ।
झापा जिल्लामा ७ जना संक्रमित थप भएको छ । जसमध्ये ३ पुरुष ४ महिला रहेको छ । विर्तामोडमा १ पुरुष १ महिला, मेचीनगरमा १ पुरुष ३ महिला र दमकमा १ पुरुष थप भएको छ ।
इलाम जिल्लामा ४ कोरोना संक्रमित थप भएको छ जसमध्ये २ महिला र २ पुरुष रहेका छन् । चारै संक्रमित सुन्दरपुरकाका हुन् । त्यसैगरी पांचथरको फिदीममा १ पुरुष र उदयपुरको त्रियुगामा १ पुरुष कोरोना संक्रमित थप भएका छन् ।
ठेगाना नखुलेका ३ महिला र १ पुरुष रहेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ८६ पुगेको छ । शुक्रबार कोरोनालाई जितेर ६९ जना डिस्चार्ज भएका छन् । हाल सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट प्रदेशमा अहिलेसम्म १८ जनाको मृत्यु भईसकेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]