विराटनगर, श्रावण ३ गते । मोरंगको कटहरी गाउँपालिका वडा नं. १ हुलाकी राजमार्गको छेउमा लाग्ने हटिया बजारका साना व्यापारी र प्रहरी विच दिनभर झडप भएको छ ।
गाउँपालिकाले असार १८ गते हाटखोलामा लाग्दै आएको रविवार, बुधवार र शनिवार लाग्ने हटिया २०८० साल श्रावन १ गते देखि बन्द गरी प्रत्येक हप्ताको आइतवार, बुधवार र शनिवार सोही वडामा रहेको तरकारी तथा फलफुल थोक बजारको खुल्ला क्षेत्रमा लगाउने निर्णय गरेको थियो ।

सोही निर्णयको विरोधमा हटिया बजारका साना व्यापारीहरुले हाटखोलामा समान राखेर वेच्न खोजेपछि सो झडप भएको हो ।
साना व्यपारीहरुले हटिया लगाउन खोज्ने र प्रहरीले भगाउन खोजेपछि झडप हुनुका साथै हुलाकी राजमार्गमा टायर बालेर सडक बन्द गर्न खोज्दा प्रहरीले समान्य लाठी चार्ज गरको थियो । ग
साना व्यपारीहरुले गरीबलाई गाउँपालिका अध्यक्षले कमाएर खान समेत अवरोध गरेको हाट बजार लाग्ने ठाउँ व्यक्तिगत भएकोले जसको जग्गा छ उसले हाट लगाउन दिन तयार भएता पनि गाउँपालिकाका अध्यक्षले व्यक्तिगत लाभको लागि गरीबको पेटमा लात हानेको एक आन्दोलन कारीले आरोप लगाए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]