विराटनगनर, अषाढ ८ गते । कोशी प्रदेशका सांसद माननीय गितारानी महतोले नेपालमा बसोवास गरेका प्रत्येक जातिजातिले आफ्नो भाषा, संस्कृति र संस्कारको उत्थानमा लाग्न आग्रह गरेका छन् ।
पिछडावर्ग (ओविसी) मा पर्ने जातजातिहरुको भाषा, संस्कृति र संस्कार सम्वन्धी जहदा गाउँपालिकाको दुर्गा माध्यमिक विद्यालयमा शुरु भएको दुई दिने जनचेतना मुलक तालिमलाई दियो बालेर समुद्घाटन गर्दै सो कुरा वताएका हुन ।
जुनै पनि जातिको रक्षा उसको धर्म संस्कृती, भाषा र संस्कारले गर्ने भएकोले आ–आफ्नो जातिमा भएको राम्रो परम्परालाई अनुसरण गर्दै खराब परम्परालाई हटाउँदै अधुनिकतामा जानु पर्ने र पिछडा वर्गमा पर्ने जातजातिले आफ्नो भाषा संस्कृति र संस्कारमा यूवाहरुले विशेष ध्यान दिनुपर्ने वताए ।
सोही समारोहमा पिछडावर्गको मगही भाषा अभियन्ता जय प्रकाश महतोले भने जन जातिको भाषा, संस्कृति र संस्कार लोप हुन्छ त्यस जातिको विनाश निश्चित छ त्यसैले आ–आफ्नो धर्म, संस्कृति, भाषा र संस्कारलाई लोप हुनवाट जोगाउन जरुरी छ ।

सो कार्यक्रमा वाड अध्यक्ष मुन्सी मुर्मु, वडा सदस्य आरती ऋषिदेव, मगही पिछडा वर्ग अभियन्ता रजनीकान्त कामत लगायतले मन्तव्य राखेका थिए । दुई दिने तालिममा मगही भाषा अभियन्ता श्याम सन्दर सुतिहार र हिरालाल साहले गरेका छन्
तालिम उद्घाटन सत्रको उद्घोषण कमल कान्त कामतले गरेको थियो । महादेवी मल्टीप्रपस प्रलिको आयोजनामा भईरहको तालिमको अध्यक्षता लोमस कुमार कामतले गरेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]