संजय राजवंशी
कटहरी, अषाढ ८ गते । कोशी प्रदेशको मोरङ्ग जिल्ला रंगेली नगरपालिका–२ दौलतपुरमा सामूहिक रुपमा राजबंशीहरुको एतिहासिक पौराणिक रोथापोथा पूजा अनुष्ठान कार्यक्रम सम्पन्न भएको छ ।
नेपालको पुर्वि भागमा पर्ने झापा , मोरङ्ग र सुनसरी पौरानिक काल खण्ड देखि निरन्तर अषाढ महिनामा मनाईने रोथापोथा पर्वमा सुखी–दुःखीका कथा वाचन गरी मनाउने चलन रहिआएको राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष शुबनत राजवंशीले बताए ।
रोथापोथा पर्वमा शरिरिको क्षमता विकास तथा सुख–दःुखमा एक अर्कालाई साथ र सहयोग गर्ने पौरानिक मान्यता रहेको छ ।
उक्त कार्यक्रममा राजबंशी समाज विकास समितिका केन्द्रिय सल्लाहकार छविलाल राजबंशी , केन्द्रिय अध्यक्ष सुगन्त राजबंशी , पनीलाल राजबंशी (इतिहासकार) , लखन राजबंशी ज्यू (भाषा विद) , आसिनलाल राजबंशी (धर्म विद) , दल सिंह राजबंशी (इतिहासकार) टंक राजबंशी (कोच राजबंशी कल्याण कोष, इटहरी) जनप्रतिनिधि लगायत सामाजसेवि तथा वुद्धिजिवि ब्यक्तिवहरुको उपस्थित रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]