विराटनगर, अषाढ ५ गते । झापाको दमकस्थित ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वयन इकाई दमकका प्रमुख, इन्जिनियर र लेखापाल ६ लाख २२ हजार २८० रुपियाँ नगद सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कार्यालय प्रमुख हुतराज चौहान, इन्जिनियर कुमार शर्मा र लेखापाल हिमाल पौडेल रहेका छन् ।
सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले कार्यालय प्रमुख सहित तीनै जनालाई पक्राउ गरको हो ।
सेवाग्राहीबाट लिएको ४ लाख रुपैयाँ नगद र स्रोत नखुलेको थप नगद २ लाख २२ हजार २८० रुपैयाँ गरी ६ लाख २२ हजार २८० रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको आयोगका प्रवक्ता भोला दाहाले जनाकारी दिएको छ ।
कार्यालय परिसरबाट तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले झापासहित पूर्वी नेपालमा एसियालि विकास बैंकको लगानीमा रहेका बिभिन्न सडक आयोजनाहरुको कार्यान्वयन गर्ने गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]